सोलुखुम्बु, पौष १६ । त्रियुगा नगरपालिका उदयपुरले चिसो बढेको भन्दै तिन दिन विदा दिएको छ । अत्याधिक चिसो बढेपछी नगरपालिकाको शिक्षाशाखाले बुधबार देखी ३ दिन १८ गते सम्म विद्यालयलाई विदा दिने निर्णय गरेको हो । नगरक्षेत्र भित्रका तिन प्रकारकै विद्यालय(संस्थागत, सामुदायिक र धार्मिकलाई) हिउँदे वा वर्षे विदाबाट कट्टा हुनेगरी विदा दिइएको नग।पालिकाका शिक्षा शाखा प्रमुख शिव कुमारी राउतले बताउनुभयो । १८ गते देखी विद्यालय नियमित रुपमा लाग्ने जनाइएको छ ।










Discussion about this post