Saturday, October 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पुर्वको भर्जिन ट्रेकिङ गन्तव्य मुन्धुम ट्रेल भ्रमण वर्ष समापन

Radio Everest by Radio Everest
December 31, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १५, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा ‘मुन्दुम (रिदुम) ट्रेल भ्रमण वर्ष २०२५’ को समापन गरी किराँत कुलुङ समुदायको प्रमुख पर्व मिनारी दाचाम् चासुम्लो निङदोङ फाइम चाक्चाकुर पर्व आजबाट सुरु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटनमा पानसमा दियो बालेर र बातासी खाएर गर्नुभएको थियो। उद्घाटन मन्तव्यका क्रममा मुख्यमन्त्री कार्कीले किराँत सभ्यता, मुन्दुम दर्शन र महाकुलुङ क्षेत्रको धार्मिक–सांस्कृतिक तथा पर्यटन सम्भावनाबारे चर्चा गर्दै मुन्दुम ट्रेलले कोशी प्रदेशको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै पूर्व रक्षा मन्त्री मानवीर राईले कुलुङ समुदायको ऐतिहासिक योगदान, पहिचान र मुन्दुमी परम्पराको संरक्षण आवश्यक रहेको बताउँदै सांस्कृतिक पर्यटनमार्फत स्थानीय आर्थिक समृद्धि सम्भव हुने धारणा राख्नुभयो।

यस्तै, महाकुलुङ गाउँपालिका अध्यक्ष सूर्य कुलुङले मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै एक वर्षको अवधिमा एक लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक महाकुलुङ भित्रिएको तथ्याङ्क सार्वजनिक गर्नुभयो। अध्यक्ष कुलुङले चाक्चाकुर पर्व केवल धार्मिक परम्परा मात्र नभई कुलुङ समुदायको पहिचान, आत्मसम्मान र सामाजिक एकताको आधार भएको बताउनुभयो।

कार्यक्रममा कुलुङ पुर्खाहरूको विशेष सम्मान गरिएको थियो। साथै, कुलुङ र शेर्पा समुदायका परम्परागत खानाका परिकारहरूको प्रदर्शनी गरिएको थियो । कुलुङ सांस्कृतिक नृत्य, मौलिक भेषभूषा र जीवनशैली झल्किने प्रस्तुति दिइएको थियो ।

कुलुङ समुदायका पुर्खाहरूले प्रयोग गर्दै आएका चुया बाट बुनेका डोको) हरूको प्रदर्शनीले परम्परागत सीप र जीवनशैलीलाई जीवन्त रूपमा देखाइएको थियो।किराँत कुलुङ समुदायले आफ्नो प्रमुख पर्व मिनारी दाचाम् चाक्चाकुर पुस १५ देखि १८ गतेसम्म धूमधामका साथ मनाउने छन् । मध्य पुसमा प्रमुख बाली कोदो भित्र्याइसकेपछि अन्नको सह होस्, अनिकाल नलागोस् भन्ने कामनासहित पितृ र प्रकृतिलाई पूजा गर्दै यो पर्व मनाइने अग्रज कुलुङहरू बताउँछन ्।

चाक्चाकुर पर्वको पूरा नाम ‘मिनारी दाचाम् चासुम् लो निङ्दोङ चाक्चाकुर’ हो।मिनारी दाचाम् चासुम् को अर्थ मानव पाखुरीले उब्जाएको अन्नको सह निङ्दोङ को अर्थ नयाँ वर्ष कुलुङ समुदायले चाक्चाकुर पर्वलाई नयाँ वर्षको सुरुवात को रूपमा लिने मान्यता राखेका छन्।

समापन कार्यक्रममा भलिबल, ब्याडमिन्टन, दौड, छेलो र धनुषवाणजस्ता खेलकुद प्रतियोगितासँगै कुलुङ भाषामा आधारित गायन तथा नृत्य प्रतियोगिता, परम्परागत सै राजा सै सै कार्यक्रम र स्थानीय कलाकारहरूको सांगीतिक साँझसमेत समावेश गरिएको छ। यसले मनोरञ्जनसँगै मौलिक संस्कृति संरक्षणमा योगदान पुग्ने आयोजकको विश्वास छ ।

उद्घाटन कार्यक्रममा टेम्केमैयुङ गाँउपालिका अध्यक्ष सरोज बस्नेत ,मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष रमेश राई, मकाकुलङ गाँउपालिकाका जनप्रतिनिधिहरू, विभिन्न गाउँपालिका तथा नगरपालिकाका जनप्रतिनिधिहरू पर्यटन क्षेत्रमा आबद्ध व्यक्तिहरू लगाएतको उपस्थिति रहेको थियोे ।

यही अवसरमा महाकुलुङ गाउँपालिकाले पुस १८ गतेसम्म सार्वजनिक विदा समेत दिएको छ । मुन्दुम (रिदुम) ट्रेल भ्रमण वर्षको समापन र चाक्चाकुर पर्वको संयुक्त आयोजनाले महाकुलुङलाई धार्मिक, सांस्कृतिक र पर्यटनको केन्द्रको रूपमा थप स्थापित गरेको स्थानीयवासीको विश्वास छ।

मुन्दुम रेल भ्रमण वर्ष २०२५ को उद्घाटन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले गरेको थियो। नेपाल सरकारले मुन्दुम ट्रेललाई सय प्रमुख पर्यटकीय गन्तव्यहरूमा समावेश गरी भ्रमण वर्ष २०२५ घोषणा गरेको थियो ।

मुन्दुम ट्रेलको मार्ग खोटाङ र भोजपुरको सीमामा पर्ने टेम्केडाँडा (३,१६५ मिटर), साल्पा पोखरी (३,७५० मिटर) हुँदै सिलिचुङ (४,१६५ मिटर) सम्म पुग्ने गर्दछ। यो ट्रेल करिब १३ दिनमा विदेशी पर्यटकहरूले पूरा गर्न सक्ने र नेपाली पर्यटकका लागि १० दिन पर्याप्त हुने बताइएको छ । हिमाली भेगका अनुपम दृश्य, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यो पदमार्गलाई ‘भर्जिन ट्रेकिङ गन्तव्य’ को रूपमा प्रचार गरिंदै आएको छ ।

Previous Post

चिसो बढेको भन्दै त्रियुगाका विद्यालय आज देखी ३ दिन लाई बन्द

Next Post

तिङ्ला स्वास्थ्य चौकीमा सुरु भयो ल्याव सेवा, रगत, मधुमेह लगायतका जाँच अव वडाबाटै

Related Posts

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

October 2, 2026
0
खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

October 2, 2026
0
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
0
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
Next Post
तिङ्ला स्वास्थ्य चौकीमा सुरु भयो ल्याव सेवा, रगत, मधुमेह लगायतका जाँच अव वडाबाटै

तिङ्ला स्वास्थ्य चौकीमा सुरु भयो ल्याव सेवा, रगत, मधुमेह लगायतका जाँच अव वडाबाटै

Discussion about this post

Everest Highlights

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

October 2, 2026
खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

October 2, 2026
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

October 2, 2026
खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

October 2, 2026
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly