पौष १६, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङ्ला स्वास्थ्य चौकीमा ल्याव सेवा थप हुने भएको छ । एक्सन फर नेपाल संस्थाको आर्थिक सहयोग एवं वडाकार्यालय तिङलाकोे समन्वयमा तिङ्ला स्वास्थ्य चौकीमा जनशक्ती सहितको ल्याव तथा टेलीमेडीसिन सेवा थप भएको हो । संस्थाले विगत २ वर्ष देखी स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग गर्देै आइरहेको र यस वर्ष स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थप्ने गरि वडामा ल्याव सेवा सुरु गर्न आवश्यक उपकरण खरिद गरि दिएको वडा अध्यक्ष टंक बहनदुर कार्कीले बताउनुभयो ।
ल्याव सेवा समेत वडाबाटै सुरु भएपछि अव यहाँका नागरिकले रगत तथा मधुमेह जाँच, दिशा तथा पिसाव सम्बन्धी जाँच लगायतका जाँच सेवा वडाबाटै लिन सक्ने वाताबरण बनेको अध्यक्ष कार्कीको भनाई छ । नगरपालिकाबाट प्राविधीक जनशक्तीको नियुक्तीका लागी आवेदन खुल्ला गराइसकिएकाले अव चाँडै वास्थ्य चौकीबाट यि सेवा सुरु हुने उहाँले बताउनुभयो । संस्थाले अगामी ३ वर्ष सम्म आवश्यक उपकरण लगायत सामाग्री खरिदमा सहयोग गर्ने सम्झौता वडासँग भएको र सो पश्चात नगरपालिका मार्फत उक्त ल्याव सेवा सञ्चालन हुने अध्यक्ष कार्कीले बताउनुभयो । एक्सन फर नेपालले आज स्वास्थ्य चौकी तिङ्लामा अध्यक्ष कार्कीको रोहबरमा सामागी हस्तान्तरण गरि जडान समेत गरिसकिएको जनाएको छ ।













Discussion about this post