पौष २०, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने भएको छ । लिखुपिके गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा पालिकास्तरीय उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा छात्र र छात्रा दुवै तर्फ भलिबल, कबड्डी, हाइजम्प, सटफुट, त्रिपलजम्प, लङ जम्प, ज्याभलिङ थ्रो तथा दौड लगायतका विभिन्न खेल समावेश गरिनेछ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार खत्रीका अनुसार प्रतियोगिता पौष २५ गतेदेखि २७ गतेसम्म चन्द्रज्योति माध्यमिक विद्यालय, भकाञ्जेमा सञ्चालन गरिनेछ । गाउँपालिकाले यस प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै प्रतिभावान खेलाडीको पहिचान र विकासमा सहयोग पुग्ने विश्वास लिएको जनाएको छ ।











Discussion about this post