पाैष २०, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा दलित समुदायमा आधारित कर्मकाण्ड सम्बन्धी तालिम सुरु भएको छ । गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार दलित समुदायको धर्म, संस्कृति तथा संस्कार सम्बन्धी कर्मकाण्ड तालीम सुरु गरिएको हो । गाउँपालिकाका १५ जना लक्षित समुदायको प्रत्यक्ष सहभागितामा तालिम सुरु भएको गाउँपालिकाका उपाध्यक्ष गौरव राईले बताउनुभयो । गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको उपस्थितिमा गाउँपालिकाको सभाहलमा कार्यक्रम सुरु भएको उहाँकाे भनाई छ । तालीम आगामी २७ गते सम्म अर्थात एक हप्ता सम्म चल्ने छ । हरेक समुदायको धर्म, संस्कार, संस्कृतिको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व पर्ने भन्दै गाउँपालिकाले समुदायको अनुरोधमै तालिमको आयोजना गरेको उल्लेख गर्नुभयो ।











Discussion about this post