पौष २०, सोलुखुम्बु । पुर्वाधार विकास कार्यालय खोटाङका कर्मचारी एट्सन दाहाललाई वडा अध्यषले हेल्मेट हानेका छन् । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ८ दोर्पाका वडा अध्यक्ष लिला कुमार चौहानले प्राविधीक दाहाललाई हेल्मेट प्रहार गरेका हुन । माद पदर्था सेवा गरेको अवस्थामा उनि आक्रामक बनेका थिए । जिल्ला सदरमुकाम स्थीत नगरपालिकाको वडा नम्बर १ का खड्ग खत्रीको ढोका तोडफोड गरेर उनकी श्रीमती र कर्मचारी दाहाललाई हेल्मेट प्रहार गरेको स्थानीयको भनाई छ । घटना पछि उनलाई स्थानीयहरुले प्रहरी समक्ष बुझाएका थिए । हाल घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । वडा अध्यक्ष चौहान नेकपा एमालेबाट दोश्रो पटक निर्वाचीत भएका अध्यक्ष हुन् ।











Discussion about this post