पौष २०, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ स्थित प्रसिद्ध पर्यटकीय क्षेत्र रातनाङगे डाँडा जाने सडक सोलिङ सुरु भएको छ । कोशी प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२/८३ को समपूरक अनुदान मार्फत पर्यटकीय क्षेत्र प्रवर्द्धन गर्ने सडकबाटोको स्तरोन्नतिका लागी सोलिङ भइरहेको हो । प्रदेश सरकारको १ करोड रुपैयाँ लागतमा ठेक्का मार्फत भइरहेको सडक सोलिङ सुरु भयसँगै अव पर्यटकहरूलाई सवारी साधन मार्फत डाँडा पुग्न थप सहज भएको छ । १ करोडको लागतमा यस क्षेत्रको करिव ४ किलोमिटर सडक सोलिङ हुने छ भने १२ सय घन मिटर ग्याभिङ पर्खाल लगाइने छ । निर्माणको काम फागुन महिना भित्रै सक्ने लक्ष राखेर काम भइरहेको वडा अध्यक्ष युवास तामाङले बताउनुभयो । उक्त सडक योजनाको अनुगमनमा सोमबार नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा, वडा अध्यक्ष तामाङ पुग्नुभएको थियो ।











Discussion about this post