Sunday, August 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

‘प्रभुराम राई आमन्त्रित कप’ फुटबल प्रतियोगिताको खेल तालिका तथा ट्रफी अनावरण (फोटोफिचर)

खेलाडीलाई प्रोत्साहन स्वरूप नगदसहित सम्मान

Radio Everest by Radio Everest
January 15, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

अशोक साम्पाङ, खोटाङ । खोटाङ जिल्लामै हालसम्मकै सर्वाधिक पुरस्कार राशीको ‘प्रभुराम राई आमन्त्रित कप फुटबल प्रतियोगिता २०८२’ को खेल तालिका तथा ट्रफी अनावरण गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ स्थित वडा कार्यालय बुईमामा पुष ३० गते बुधबार एकै कार्यक्रमका बीच खेल तालिका सार्वजनिक तथा ट्रफी अनावरण गरिएको हो । जिल्ला फुटबल संघ खोटाङका उपाध्यक्ष उद्धव राईले प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्नुभएको हो । बुइपा-११ स्पोट्र्स क्लबको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगितामा जिल्ला भित्र तथा जिल्ला बाहिरका गरी १० टिम सहभागी हुनेछन् ।

सार्वजनिक खेल तालिका अनुसार पहिलो चरणको उद्घाटन खेलमा आयोजक बुइपा–११ स्पोट्र्स क्लब र ऐसेलुखर्क गाउँपालिका टिम आमनेसामने हुनेछन् । त्यस्तै खाराम्बु स्पोट्र्स क्लब खार्मी र खोटाङ फुटबल एकेडेमीबीच अर्को खेल हुनेछ । यसैगरी मानेभञ्ज्याङ फुटबल क्लब ओखलढुंगा, सृजना युवा क्लब धरान, नेर्पा स्पोट्र्स क्लब नेर्पा, केपिलासगढी गाउँपालिका टिम, गछिया युवा क्लब मोरङ र रणभिम गण मुडे ब्यारेक भने क्वाटरफाइनल चरणबाट प्रतिस्पर्धामा उत्रिनेछन् ।

कार्यक्रमकै अवसरमा प्रतियोगिताका विजेता तथा उपविजेताले प्राप्त गर्ने ट्रफी अनावरण गरिएको छ । समाजसेवी प्रभुराम राईले करिब १५ केजी तौलको आकर्षक ट्रफी अनावरण गर्नुभएको हो । विजेता टिमले मैदानमै ट्रफी जित्ने मात्र होइन, ट्रफी प्राप्त गरेको एक हप्ताभित्र सम्पर्कमा आए ट्रफी फिर्ता गरी एक लाख रुपैयाँ नगद प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । यसबारे जानकारी दिँदै प्रायोजक परिवारका कान्छा छोरा पाण्डप राईले भन्नुभयो, “विजेता टिमले ट्रफी जितिसकेपछि चाहेको खण्डमा त्यसलाई एक लाख रुपैयाँ नगदमा रूपान्तरण गर्न सक्ने व्यवस्था गरिएको छ ।”

यसै कार्यक्रमका क्रममा बुइपा-११ फुटबल क्लबका गोलरक्षक नबिन पोखरेललाई प्रोत्साहन स्वरूप नगदसहित सम्मान गरिएको छ । ‘प्रभुराम राई आमन्त्रित कप’ कार्यक्रमको अवसरमा प्रभुराम राईका कान्छा छोरा पाण्डप राईले पोखरेललाई नगद प्रदान गर्दै सम्मान गर्नुभएको हो । खेलकुद क्षेत्रमा उहाँले पु¥याउँदै आएको योगदानको उच्च कदर गर्दै उज्ज्वल भविष्यको शुभकामना सहित सम्मान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको नाम ‘प्रभुराम राई आमन्त्रित कप’ पूर्व समाजसेवी तथा पूर्व गोर्खा सैनिक ८२ वर्षीय प्रभुराम राईको सम्मानमा उहाँकै नामबाट राखिएको हो । जीवनभर खेलकुदप्रति गहिरो रुचि राख्दै खेल क्षेत्रको विकास र प्रोत्साहनमा निरन्तर योगदान पु¥याउँदै आउनु भएका राईको सपना साकार पार्ने उद्देश्यले प्रभुराम राई परिवारको प्रायोजनमा प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ ।  यस अवसरमा बोल्दै प्रभुराम राईले भन्नुभयो, “बुईपाले फुटबलको यात्रामा पहिलो पाइला चालिसकेको छ, अब यो अभियानलाई राष्ट्रले आत्मसात् गर्दै खेल क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राखेर अघि बढाउने समय आएको छ । गाउँबाट सुरु भएको खेलले नै देशको पहिचान बनाउँछ भन्ने विश्वासका साथ यो पहल गरिएको हो ।”

प्रायोजक परिवारका जेठा छोरा तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ का वडाध्यक्ष दिनेश कुमार राईका अनुसार “प्रभुराम राई आमन्त्रित कपजस्ता प्रतियोगिताले खोटाङको फुटबल क्षेत्रलाई थप संगठित, प्रतिस्पर्धात्मक र सशक्त बनाउनेछ । यसले स्थानीय खेलाडीलाई जिल्लामै प्रतिभा देखाउने अवसर दिनुका साथै बाहिरी टिमसँग प्रतिस्पर्धा गर्ने आत्मविश्वास पनि बढाउनेछ ।”

त्यस्तै प्रायोजक परिवारका कान्छा छोरा पाण्डप राईले भन्नुभयो, “मेरो खेल जीवनको प्रत्येक पाइला बुवाकै आशीर्वाद, प्रेरणा र हौसलाबाट सुरु भएको हो । उहाँको सपना केवल प्रतियोगिता आयोजना गर्नु होइन, खोटाङको फुटबल भविष्य निर्माण गर्नु हो, र हामी त्यो सपना साकार पार्न प्रतिबद्ध छौँ ।”

बुइपा–११ फुटबल क्लबका सचिव रोशन राईका अनुसार “खोटाङमा फुटबल क्षेत्रमा लगानी, सहयोग र हौसला प्रभुराम राई परिवारबाट निरन्तर रूपमा पाइँदै आएको छ । यस्ता योगदान र सोचले नै जिल्लाको फुटबललाई नयाँ उचाइमा पु¥याउनेछ ।”

आउँदो माघ ७ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता बुइपास्थित एलम्बर रंगशालामा आयोजना गरिनेछ । प्रतियोगिता ए इलेभेन साइड खुला पुरुष फुटबल विधामा सञ्चालन हुनेछ । प्रतियोगितामा पहिलो पुरस्कार ३ लाख रुपैयाँ, दोश्रो पुरस्कार १ लाख ५१ हजार रुपैयाँ र फाइनलिस्ट दुई टिमलाई ५०९५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । साथै उत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ, विधागत पुरस्कार ६ जनालाई जनही १५९१५ हजार रुपैयाँ, र म्यान अफ द म्याच ९ जनालाई जनही २,५०० रुपैयाँ प्रदान गरिनेछ । यो पुरस्कार राशि खोटाङ जिल्लामै हालसम्मकै सर्वाधिक रहेको बताइएको छ ।

Previous Post

विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित

Next Post

खुम्बुमा ६ लाखको लगानीमा मगर टोल हुँदै लुक्ला एअरपोर्ट जोड्ने बाटो तयार

Related Posts

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

August 8, 2026
0
अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

August 8, 2026
0
कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

August 8, 2026
0
सोलुखुम्बुमा गैरकानुनी रूपमा ल्याइँदै गरेको किराना सामानसहित गाडी प्रहरी नियन्त्रणमा

Discussion about this post

Everest Highlights

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

August 8, 2026
अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

August 8, 2026
 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

August 8, 2026
कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

August 8, 2026
सोलुखुम्बुमा गैरकानुनी रूपमा ल्याइँदै गरेको किराना सामानसहित गाडी प्रहरी नियन्त्रणमा

सोलुखुम्बुमा गैरकानुनी रूपमा ल्याइँदै गरेको किराना सामानसहित गाडी प्रहरी नियन्त्रणमा

August 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

August 8, 2026
अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

August 8, 2026
 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

August 8, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly