माघ १, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका स्थित लुक्ला मगर टोलबाट लुक्ला एअरपोर्ट जाने पर्यटकिय बाटो निर्माण सम्पन्न भएको छ । वडा नम्बर २ को ६ लाख रुपैयाँ बजेट बिनियोजनबाट उक्त बाटो निर्माण गरिएको हो । नव–निर्मित बाटो मगर टोल हुँदै शेर्पा टोल पार गरेर लुक्ला एअरपोर्टसम्म पुग्ने भएकाले स्थानीय बासिन्दा तथा पर्यटकहरूलाई आवतजावतमा सहज भएको खुम्बु पासाङल्हामु गाउँपालिकाले जनाएको छ ।
यसअघि असुविधाजनक मार्गका कारण हिँडडुलमा समस्या हुँदै आएको थियो गाउँपालिकाका अनुसार पर्यटकिय दृष्टिले महत्वपूर्ण मानिने लुक्ला क्षेत्रको पूर्वाधार विकासमा यो बाटोले थप टेवा पुर्याउने अपेक्षा गरिएको छ।
विशेषगरी एअरपोर्ट आवतजावत गर्ने पर्यटक, स्थानीय व्यवसायी तथा सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास लिइएको छ । स्थानीयवासीहरूले बाटो निर्माण सम्पन्न भएसँगै दैनिक आवागमन सहज हुनुका साथै पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक प्रभाव पर्ने बताएका छन् ।











Discussion about this post