माघ ५, सोलुखुम्बु । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता असिम राईलाई प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फ पार्टीले टिकट प्रदान गरेको छ। हाल सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष रहेका राई जिल्लामा लोकप्रिय युवा नेताका रूपमा चिनिनुहुन्छ ।
टिकट पाएसँगै उहाँले गाउँपालिकाको अध्यक्ष पदबाट राजीनामा दिने तयारी गर्नुभएको छ । आगामी चुनावी अभियानमा सक्रिय रूपमा जुट्ने जनाइएको छ। पार्टीले उहाँलाई सोलुखुम्बु क्षेत्रबाट उम्मेदवार बनाउँदै आगामी निर्वाचनमा युवापुस्ताको सक्रिय सहभागिता सुनिश्चित गर्ने उद्देश्य राखेको बताइएको छ।










Discussion about this post