Saturday, August 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कोकोमेन्दो तामाङ सेवा समाजको नव निर्मित भवन उद्घाटन

Radio Everest by Radio Everest
January 19, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ ५, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ मा कोकोमेन्दो तामाङ सेवा समाजको नव निर्मित भवन सोमबार सोनाम ल्होसार पर्वको अवसरमा उद्घाटन गरिएको छ । वि.सं. २०७४ सालमा स्थापना भएको कोकोमेन्दो तामाङ सेवा समाजले करिब डेढ महिनाको अवधिमा निर्माण सम्पन्न गरेको उक्त भवन औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।

शौचालयसहितको एक कोठे भवन निर्माणका लागि सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ बाट २ लाख ७५ हजार रुपैयाँ, देउसी–भैलो कार्यक्रमबाट संकलित २ लाख ८४ हजार ७ सय ३५ रुपैयाँ तथा गुठीका सदस्यहरूबाट प्राप्त १ लाख ८९ हजार ३५ रुपैयाँ खर्च गरिएको समाजले जनाएको छ। कुल लागत ७ लाख ४८ हजार ७ सय ७० रुपैयाँ रहेको कोकोमेन्दो तामाङ सेवा समाजका अध्यक्ष शनि तामाङले जानकारी दिनुभयो । कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धिमाया तामाङले नगरपालिका भित्रका सम्पूर्ण जातजातिलाई समान सम्मानका साथ हेर्ने नीति रहेको बताउनुभयो ।

उहाँले आफ्नो संस्कार र संस्कृतिको संरक्षणमा सक्रिय समुदायहरूलाई नगरपालिका सधैं साथ दिन तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य सारदामाया तामाङले सोनाम ल्होसारको शुभकामना व्यक्त गर्दै समुदायका संस्कार र संस्कृति संरक्षणका लागि निर्माण गरिएका संरचनाहरू लोप हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले ‘एक थुकी सुकी, सय थुकी नदी’ भन्ने उक्ति प्रयोग गर्दै कोकोमेन्दो तामाङ सेवा समाजको प्रयासको प्रशंसा गर्नुभयो।

यस्तै, माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष अविरल वाइबाले भवन निर्माणका क्रममा निकै संघर्ष गर्नुपरेको बताउँदै भवन प्लास्टरका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार यस वर्ष पनि विविध कार्यक्रमका साथ मनाइरहेका छन्।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ। सर्प वर्ष पूरा भई घोडा वर्ष प्रवेश गरेको अवसरमा मनाइने सोनाम ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा विभाजन गरिएको छ। पशुपन्छीको नामबाट वर्ष गणना गरिने भएकाले तामाङ समुदायलाई प्रकृतिपूजक समुदायका रूपमा लिने गरिन्छ । तामाङ समुदायको बाहुल्यता रहेको सोलुदुधकुण्ड नगरपालिकामा सोनाम ल्होसार पर्व विशेष उल्लासका साथ मनाइँदै आएको छ ।

Previous Post

असिम राईलाई प्रतिनिधि सभा निर्वाचनमा नेकपाको टिकट

Next Post

नेपाली काँग्रेसले सोलुखुम्बुमा प्रतिनिधि सभामा प्रकास सिंह कार्की उठाउने

Related Posts

अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

August 8, 2026
0
 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

August 8, 2026
0
कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

August 8, 2026
0
सोलुखुम्बुमा गैरकानुनी रूपमा ल्याइँदै गरेको किराना सामानसहित गाडी प्रहरी नियन्त्रणमा

Discussion about this post

Everest Highlights

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

August 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

August 8, 2026
 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

August 8, 2026
कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

August 8, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly