Friday, September 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

बुईपामा सुरु भयो ‘प्रभुराम राई आमन्त्रित कप’ फुटबल प्रतियोगिता

Radio Everest by Radio Everest
January 21, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

अशोक साम्पाङ । खोटाङको बुईपा यतिबेला फुटबलको उत्सवमा रंगिएको छ । गाउँको खेलमैदानबाटै राष्ट्रिय सपना बोकेर ‘प्रभुराम राई आमन्त्रित कप’ खुला पुरुष फुटबल प्रतियोगिता सुरु भएको हो । माघ ७ गते बुधबार बुईपास्थित यलम्बर रंगशालामा सञ्चालन भएको प्रतियोगिताले खोटाङको फुटबललाई नयाँ उचाइतर्फ डो¥याउने अपेक्षा गरिएको छ । बुईपा-११ स्पोर्ट्स क्लबको आयोजनामा सुरु भएको यो प्रतियोगिता केवल खेल मात्र होइन, एक व्यक्तिको सपना, परिवारको समर्पण र समुदायको एकताको प्रतिफल हो । यलम्बर रंगशालाका परिकल्पनाकार, पूर्व ब्रिटिस गोर्खा सैनिक, बुईपा पञ्चायतका २०४४ सालका निर्वाचित प्रधानपञ्च तथा ८२ वर्षीय समाजसेवी प्रभुराम राईको सम्मान र सम्झनामा उहाँकै परिवारको लगानीमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले गर्नुभयो । उद्घाटन खेलमै आयोजक बुईपा-११ फुटबल क्लबले ऐसेलुखर्क गाउँपालिका टिमलाई ४-० ले पराजित गर्दै घरेलु दर्शकमाझ बलियो सन्देश दियो । खेलको १९औँ मिनेटमा प्रभिन राईले हेडमार्फत प्रतियोगिताको पहिलो गोल गर्दै यलम्बर रंगशालालाई उत्साहित बनाए । त्यसपछि डिकेन राई र मिलन राईले गोल थप्दा प्रभिन राईले व्यक्तिगत दोस्रो गोल गर्दै खेलको नतिजा सुनिश्चित गरे । दुई गोल गरेका प्रभिन राई म्यान अफ द म्याच घोषित भए । जिल्ला बाहिरका चार टिमसहित कुल १० टिमको सहभागिता रहेको प्रतियोगिताले स्थानीय खेलाडीलाई बाहिरी प्रतिस्पर्धासँग जुध्ने अवसर दिएको छ । आयोजकका अनुसार यो प्रतियोगिता प्रतिभा पहिचान, खेलाडीको मनोबल वृद्धि र जिल्लामा फुटबल संस्कार विस्तार गर्ने लक्ष्यका साथ अघि बढाइएको हो । प्रतियोगितामा विजेताले ३ लाख रुपैयाँ, उपविजेताले १ लाख ५१ हजार रुपैयाँ, सेमिफाइनलिस्ट दुइटीमले ५०-५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी उत्कृष्ट खेलाडी, विधागत उत्कृष्ट र म्यान अफ द म्याचलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । १७ लाख रुपैयाँभन्दा बढी बजेटमा आयोजना भइरहेको यो प्रतियोगिताको पुरस्कार राशि खोटाङकै इतिहासमा सबैभन्दा ठूलो मानिएको छ । कुनै समय सामान्य खेलमैदान रहेको यलम्बर रंगशाला आज जिल्लाको खेल पहिचान बन्दै गएको छ । प्रभुराम राई परिवारको निरन्तर लगानी, बुईपा-११ फुटबल क्लबको सक्रियता र स्थानीयको सहभागिताले बुईपालाई फुटबल नक्सामा चिनाउन थालेको छ । प्रतियोगिताको फाइनल खेल माघ ११ गते हुनेछ ।

Previous Post

सोलुखुम्बुमा शान्तिपूर्ण वातावरणमा उम्मेदवारी मनोनयन दर्ता

Next Post

माप्य २ मा अपांगता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण, सामाजिक समावेशीकरणमा जोड

Related Posts

सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सम्भावित जोखिमका लागी सोताङको तयारी, एम्बुलेन्स देखी सडक सफा गर्ने संयन्त्र तयार

September 24, 2026
0
सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

September 24, 2026
0
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

१३ गतेलाइ साेलु सर्याे कांग्रेसकाे क्षेत्रीय अधिवेशन

September 24, 2026
0
उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

Discussion about this post

Everest Highlights

नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

भारी वर्षाको जोखिमपछि नेचासल्यानका विद्यालय बन्द

September 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सम्भावित जोखिमका लागी सोताङको तयारी, एम्बुलेन्स देखी सडक सफा गर्ने संयन्त्र तयार

September 24, 2026
सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

September 24, 2026
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

१३ गतेलाइ साेलु सर्याे कांग्रेसकाे क्षेत्रीय अधिवेशन

September 24, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly