माघ ८, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २ मा अपांगता भएका व्यक्तिहरूलाई जीवन सहज बनाउने उद्देश्यले विभिन्न सहायक सामग्री वितरण गरिएको छ । कार्यक्रमले अपांगता भएका व्यक्तिहरू मात्र नभएर उनीहरूको परिवारसँग प्रत्यक्ष अन्तरक्रिया गरी सामाजिक सहभागिता अभिवृद्धि गर्ने अवसर समेत प्रदान गरेको छ ।
वडा अध्यक्ष चन्द्र बहादुर राईका अनुसार यस कार्यक्रमलाई करुणा फाउण्डेशन नेपाल, सामाजिक विकास मन्त्रालय (कोशी प्रदेश) र माप्य दुधकोशी गाउँपालिका बीचको त्रिपक्षीय साझेदारीमा सञ्चालन गरिएको हो । उक्त कार्यक्रममा अपांगता भएका व्यक्तिहरू र उनका परिवारका सदस्यहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, पहुँच र सामाजिक समावेशीतासँग सम्बन्धित अनुभव तथा चुनौतीहरू प्रस्तुत गरेका थिए ।
सहभागीहरूका अनुसार, समुदायभित्र अझै केही पूर्वाग्रह र पहुँच सम्बन्धी समस्या रहेका छन्, जसमा यस्तो कार्यक्रमले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । कार्यक्रममा १५ जना अपांगता भएका व्यक्तिहरूलाई श्रवण सहायता यन्त्र, एलएस बेल्ट, आल्केन छडी लगायत दैनिक जीवन सहज बनाउन सकिने विभिन्न सहायक सामग्री वितरण गरिएको थियो ।











Discussion about this post