जेठ २७, सोलुखुम्बु । सब डिभिजन वन कार्यालय सोताङले २५ हजार विरुवा निः शूल्क वितरण गर्दै छ । आज आईतबार डिभिजन वन कार्यालय सोलुखुम्बुको आर्थिक बर्ष २०८०÷०८१ को स्विकृत कार्यक्रम अनुसार विरुवा वितरण गरिने भएको हो ।
नागरिकहरुको अवश्यकता तथा हरियाली बढाउनका लागि नर्सरीमै उत्पादन भएका विरुवाहरु वितरण गरिने सब डिभिजन वन कार्यालय सोताङका प्रमख रमेश लुइटेलले बताउनुभयो । लेकाली सल्ला, पाते सल्ला, दुदिलो लगायतका विरुवा वितरण गरिने उहाँको भनाई छ । नागरिकहरुलाई विरुवा वितरण मात्र नभई आगामी दिनहरुमा अनुगमन समेत गरिने उहाँले उल्लेख गर्नुभएको छ ।
Discussion about this post