माघ २१, सोलुखुम्बु । निर्वाचन आयोगले फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोलुखुम्बु जिल्लाको मतपत्रको नमूना सार्वजनिक गरेको छ । आयोगले मतदाता शिक्षा र जानकारी अभिवृद्धि गर्ने उद्देश्यले सातै प्रदेशका विभिन्न निर्वाचन क्षेत्रका मतपत्रको ढाँचा आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएका नमुनाअनुसार एउटा मात्र निर्वाचन क्षेत्र रहेका जिल्ला र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका लागि छुट्टाछुट्टै प्रकारका मतपत्र तयार गरिएको छ । आयोगका अनुसार उम्मेदवारको सङ्ख्याका आधारमा मतपत्रको आकार निर्धारण गरिएको हो ।
धेरै उम्मेदवार रहेका निर्वाचन क्षेत्र, जस्तै काठमाडौँ, मा मतपत्रको आकार ठूलो हुनेछ भने कम उम्मेदवार भएका निर्वाचन क्षेत्रमा तुलनात्मक रूपमा सानो आकारको मतपत्र प्रयोग गरिने आयोगले जनाएको छ । अन्य जिल्लाका मतपत्रहरू पनि क्रमशः सार्वजनिक गर्दै जाने तयारी रहेको आयोगले जानकारी दिएको छ । हाल जनक शिक्षा सामग्री केन्द्रमा प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य जारी रहेको छ भने समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको आयोगले जनाएको छ ।











Discussion about this post