Friday, September 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जित्नकै लागी आरोपप्रत्यारोप नगर्ने एमाले ओखलढुंगाको उद्घोष

Radio Everest by Radio Everest
February 6, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २२, ओखलढुङ्गा । नेकपा एमालेले ओखलढुङ्गामा विपक्षीमाथि आरोप–प्रत्यारोप नगरी आफ्नै एजेण्डा र उम्मेदवारको आधारमा निर्वाचन जित्ने दाबी गरेको छ ।

जिल्ला सदरमुकाम ओखलढुङ्गामा आयोजित पत्रकार सम्मेलनमा एमाले जिल्ला इन्चार्ज यज्ञराज सुनुवारले जेनजी पुस्ताकी युवा, लोकप्रिय र कुनै दाग नलागेकी उम्मेदवार भएकाले पार्टीले सकारात्मक एजेण्डामार्फत जनताको विश्वास जित्ने प्रक्षेपण गरे ।

उनले आफू संविधानसभा सदस्य तथा सांसद रहँदा अघि बढाइएका तर अधुरा रहेका विकास आयोजनाहरू अब युवा उम्मेदवार अस्मिता थापाको कार्यकालमा टुंगो लगाइने बताए। ‘समयको माग बुझेर पार्टीले जुझारु र स्वच्छ छवि भएको युवा नेतृत्वलाई उम्मेदवार बनाएको हो,’ सुनुवारले भने, ‘पालिका र वडास्तरमा पुग्दा उम्मेदवार अस्मिता थापाप्रति जनताको अपार समर्थन देखिएको छ।’

टिकट वितरणपछि केही व्यक्तिले पार्टी छाडे पनि त्यसको क्षतिभन्दा धेरै समर्थन आफूहरूले प्राप्त गरिसकेको उनको दाबी छ। ‘पहिले निष्क्रिय रहेका धेरै साथीहरू अहिले पार्टी जिताउन एकजुट भएका छन्, त्यसैले जितमा समस्या छैन,’ उनले भने।

पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा उम्मेदवार अस्मिता थापाले कसैलाई आरोप लगाएर वा वाद–विवाद गरेर ओखलढुङ्गाको अपमान नगर्ने स्पष्ट पारिन्। ‘म गाली– गलौज र आरोपको राजनीति गरेर होइन, एजेण्डा र कामको भरोसामा चुनाव लड्न चाहन्छु,’ उनले भनिन्।

युवा पुस्ताको भावना आफूले नजिकबाट बुझेको उल्लेख गर्दै थापाले गाउँमै बसेर भोगेका समस्या र समाधानलाई संसद्मा पु¥याउने प्रतिबद्धता जनाइन्। ‘आमा, दिदीबहिनी र युवाका पीडा मैले नजिकबाट देखेकी छु,’ उनले भनिन्, ‘अब ती आवाज विधि निर्माणको थलोमा बोल्नेछु।’

अग्रज नेताहरूले थालेका विकास कार्यलाई पूर्णता दिने र मानवीय पुँजी विकासमा केन्द्रित नयाँ योजनासहित जनतामाझ जाने उनले बताइन्। व्यवसायिक तथा रोजगारमूलक शिक्षा र आधारभूत स्वास्थ्य सेवा आफ्नो मुख्य प्राथमिकता रहने पनि थापाको भनाइ छ।

पत्रकार सम्मेलनमा एमाले जिल्ला संयोजक हर्कबहादुर राईले ओखलढुङ्गामा ठूलो विद्रोह भएको भन्ने प्रचार भ्रामक भएको दाबी गरे। उनका अनुसार ९ जनाले मात्र पार्टी छाडेका छन्। तीन जना निर्वाचित वडाध्यक्षलाई स्पष्टीकरण सोधिएको र चित्तबुझ्दो जवाफ नआए निर्वाचन आयोगमार्फत पदमुक्त गर्ने प्रक्रिया अघि बढाइने जानकारी पनि दिइयो।

पत्रकार सम्मेलनमा केन्द्रीय सल्लाहकार किशोर अधिकारी, प्रदेश कमिटी सचिवालय सदस्य नानीबाबु बुढाथोकी, मोहन श्रेष्ठलगायत नेताहरूको उपस्थिति रहेको थियो।

Previous Post

मेघालयको कोइलाखानी विस्फोटमा खोटाङका दाजुभाइको मृत्यु, १८ जनाको ज्यान गयो

Next Post

एमाले ओखलढुंगाको निर्वाचन परिचालन कमिटी गठन, संयोजकमा यज्ञराज सुनुवार

Related Posts

नेचाकी १८ वर्षीया पुनम बास्तोला कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन

नेचाकी १८ वर्षीया पुनम बास्तोला कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन

September 25, 2026
0
भारी वर्षापछि सोलुखुम्बुका विभिन्न स्थानमा घर जोखिममा, स्थानान्तरणको तयारी

भारी वर्षापछि सोलुखुम्बुका विभिन्न स्थानमा घर जोखिममा, स्थानान्तरणको तयारी

September 25, 2026
0
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

September 25, 2026
0
सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सम्भावित जोखिमका लागी सोताङको तयारी, एम्बुलेन्स देखी सडक सफा गर्ने संयन्त्र तयार

September 24, 2026
0
Next Post
एमाले ओखलढुंगाको निर्वाचन परिचालन कमिटी गठन, संयोजकमा यज्ञराज सुनुवार

एमाले ओखलढुंगाको निर्वाचन परिचालन कमिटी गठन, संयोजकमा यज्ञराज सुनुवार

Discussion about this post

Everest Highlights

नेचाकी १८ वर्षीया पुनम बास्तोला कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन

नेचाकी १८ वर्षीया पुनम बास्तोला कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन

September 25, 2026
भारी वर्षापछि सोलुखुम्बुका विभिन्न स्थानमा घर जोखिममा, स्थानान्तरणको तयारी

भारी वर्षापछि सोलुखुम्बुका विभिन्न स्थानमा घर जोखिममा, स्थानान्तरणको तयारी

September 25, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

September 25, 2026
सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सम्भावित जोखिमका लागी सोताङको तयारी, एम्बुलेन्स देखी सडक सफा गर्ने संयन्त्र तयार

September 24, 2026
सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

September 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेचाकी १८ वर्षीया पुनम बास्तोला कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन

नेचाकी १८ वर्षीया पुनम बास्तोला कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन

September 25, 2026
भारी वर्षापछि सोलुखुम्बुका विभिन्न स्थानमा घर जोखिममा, स्थानान्तरणको तयारी

भारी वर्षापछि सोलुखुम्बुका विभिन्न स्थानमा घर जोखिममा, स्थानान्तरणको तयारी

September 25, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

September 25, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly