जेठ २७, सोलुखुम्बु । पूर्वी जिल्ला सोलुखुम्बुको ७ वटा पालिकाको वेबसाइट ’डाउन’ भएको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका बाहेक अन्य ७ वटा पालिकाको वेबसाइट नखुलेको हो ।
देशका धेरैजसो पालिकाको वेबसाइट ’डाउन’ भएको र समस्याको कारण भने थाहा नभएको सम्बन्धित स्थानिय तहहरुले बताएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समस्याबारे भर्खरै थाहा पाएको र समाधानको पहल गर्ने जानकारी दिएको छ ।
Discussion about this post