जेठ २७, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपनलिकामा एक नवजात शिशुको शव फेला परेको छ । नगरापलिकाको वडा नम्बर २ सालाबेसीमा खोल्सामा फालिएको अवस्थामा एक नवजात शिसुको सव फेला परेको जनाइएको छ ।
आइतबार विहान करिव १० बजेको समयमा उक्त शव खोल्सामा फलिएको अवस्थामा फेला परेको श्रोतले जनायो । श्रोतका अनुसार नवजात शिशुलाई जन्मीएको केही घण्टामै लगेर खोल्सामा फालिएको हुन सक्ने जनाएको छ । जन्म दिएर खोल्सामा शिशु मिल्काउने २१ वर्षिय कल्पना विकलाई प्रहरीले अनुसन्धानकालागी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु ल्याइएको प्रहरी श्रोतको भनाई छ ।
यस घटनामा संलग्न कल्पनाले शिशुलाई जन्म दिएर घरछेउ करिव २ सय ५० मिटर टाढा रहेको खोल्सामा फालेकी थिइन । यस अघि जिल्लाकै माप्य दुधकोशी गाउँपालिकामा अनैतिक सम्बन्धबाट जन्मीएको शिशुको हत्या गरि मकैबारीमा फाल्ने एक जोडीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
Discussion about this post