फागुन ४, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिकाले शिक्षकहरूको तलब महिना दिनमै भुक्तानी गर्न सुरू गरेको छ । शिक्षकहरूका माग बमोजिम अव गाउँपालिकाले महिना महिना दिनमा तलब भुक्तानी गर्ने भएको हो । शिक्षकहरूको मनोबल उच्च पार्नका लागी यो कामले सहयोग गर्ने गाउँपालिकाको विश्वास छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष भट्टराईले एक सूचना जारी गर्दै गाउँपालिकाले माघ महिना देखिनै शिक्षकहरूका तलब मासिक रुपमा खातामा जम्मा गर्न थालिएको जानकारी दिनुभएका हो ।












Discussion about this post