फागुन १४, सोलुखुम्बु । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन जिल्ला सुरक्षा समिति सोलुखुम्बुले सबै राजनीतिक दल र उम्मेदवारहरूलाई आग्रह गरेको छ ।
निर्वाचन नजिकिंदै गर्दा जिल्लामा राजनीतिक दल तथा उम्मेदवारहरूद्वारा संचालन भइरहेका चुनावी कार्यक्रमहरू अहिलेसम्म शान्तिपूर्ण रूपमा भइरहेका छन् । आगामी दिनमा पनि सभा, जुलुस, र्याली र अन्य प्रचार–प्रसारका कार्यक्रमहरू गर्दा निर्वाचन आचारसंहिता उल्लङ्घन हुने कुनै गतिविधि नगर्न सुरक्षा समितिले बिहिबार जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
सूचनामा उम्मेदवार र राजनीतिक दलहरूले आफ्नो प्रतिष्ठामा नकारात्मक असर पार्ने कार्य नगर्न र जिल्लाको समग्र शान्ति–सुव्यवस्थामा हानी पुर्याउने कुनै पनि गतिविधि नगर्न समेत निर्देशन दिइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र सुवेदीद्धारा हस्ताक्षरित सूचनामा यो स्पष्ट पारिएको छ ।












Discussion about this post