चैत्र १, सोलुखुम्बु । ओखलढुङ्गामा एक महिलामाथि फरक–फरक मिति र समयमा जबरजस्ती करणी गरेको आरोपमा दुई जना पुरुष पक्राउ परेका छन्। प्रहरीका अनुसार उक्त घटनाबारे खबर प्राप्त भएपछि प्रहरी टोलीले फागुन ३० गते साँझ करिब ५ बजे सिद्धिचरण नगरपालिका वडा नम्बर ११ स्थित रमाइलो डाँडा र रामबजार क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा सिद्धिचरण नगरपालिका वडा नम्बर ६ का २३ वर्षीय अनिल मगर र सोही ठेगानाका ५९ वर्षीय निमबहादुर मगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ईश्वर अधिकारीका अनुसार दुवै जनालाई चैत १ गते ओखलढुङ्गा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य अघि बढाइएको छ।घटनाबारे प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ।









Discussion about this post