जेठ २८, सोलुखुम्बु । नेकपा एमाले सोताङ गाउँपालिका कमिटीको अध्यक्षमा धनकुमार विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् । नेकपा एमाले, सोताङ गाउँपालिकाको दोस्रो गाउँपालिका अधिवेशनले धनकुमार विश्वकर्मालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
आइतबार सम्पन्न अधिवेशनले विश्वकमाको अध्यक्षतामा ३१ सदस्यीय चयन गरेको छ । नवगठित कमिटीको उपाध्यक्षमा चन्द्र बहादुर बस्नेत, सचिवमा मिलन नाछिरीङ, उपसचिवमा लभकुमार राई र उपसचिव महिलामा अन्जु कला नाछिरीङलाई चयन गरिएको नेकपा एमाले सोलुखुम्बुकी सचिव कल्पना राइले बताउनुभयो ।
Discussion about this post