जेठ २८,साेलुखुम्बु । रीड नेपालको आयोजना तथा शिक्षा तालिम केन्द्र सुनसरी र नगरपालिका तथा गाउँपालिकाको समन्वयमा आधारभूत तह गणित विषयको १० दिने शिक्षकको पेसागत विकास तालिम (टी. पी. डी.) र स्थानीय स्रोत शिक्षकका लागि ४ दिने क्षमता अभिवृद्धि तालिम आजबाट सुरु भएको छ । साेलुखुम्बु सल्लेरीको जनजागृति मा. वि मा सुरु भएको तालिमको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि सोलु दुधकुण्ड नगरपालिका उपमेयर गान्धीमाया तामाङले गर्नु भएको हाे । रीड नेपालका संस्थापक अध्यक्ष भिम बोगटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साेही विद्यालयका प्र अ जनककुमार थापाको पनि उपस्थिति रहेको थियो ।तालिममा गणित विषयका दोस्रो चरणका १२ जना शिक्षक र १९ जना स्रोत शिक्षकको सहभागिता रहेको छ ।
कार्यक्रमममा तालिमको उद्देश्यबारे रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले प्रस्ट पार्दै तालिमको मुख्य उद्देश्य तालिममा सिकेका सीपहरुलाई विद्यालयमा लगेर बालबालिकाको सिकाइ उपलब्धी वृद्धि गर्ने रहेको बताउनु भयो । त्यसका लागि तालिममा शिक्षकको पेसागत विकास संग सम्बन्धित विभिन्न विषयवस्तु तथा शैक्षणीक क्रियाकलापसंग सम्बन्धित विधिहरुलाई जाेड दिने बताउनु भयाे।
कार्यक्रमका प्रमुख अतिथि गान्धीमाया तामाङले विद्यालयको गुणस्तर सुधारमा शिक्षक तालिमले थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै सुनसरी नै पुगेर लिनु पर्ने तालिम जिल्लामै आयोजना गरी तालिम दिएकाेमा रीड नेपाललाई धन्यवाद दिदैँ पहिलेको तुलानामा शिक्षामा क्रमश सुधार हुदै अाएकाेमा खुसी व्यक्त गर्नुभयाे ।
कार्यक्रममा बोल्दै रीड नेपालका संस्थापक अध्यक्ष भिम बोगटीले कार्यक्रमको दिगोपानाको लागि स्थानीय तहसंगको समन्वयमा स्थानीय स्रोत शिक्षक नेटवर्क निर्माण गरि परिचालन गरेको भन्दै आफुलाई नमुना शिक्षकको रुपमा प्रस्तुत गर्दै विद्यालयमा काम गर्न आग्रह गर्दै प्राेत्साहन गर्नुभयो ।
तालिमको सहजीकरण रीड नेपालका प्रशिक्षकहरुले गरिरहेका छन् ।
Discussion about this post