Tuesday, May 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा सार्वजनिक जग्गा अतिक्रमण विरुद्ध प्रशासनकाे पहिलाे कदम, सूचना दिन सर्वसाधारणलाई आह्वान

Radio Everest by Radio Everest
April 7, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैंत्र २४, सोलुखुम्बु । सरकारले शासकीय सुधारका १ सय कार्यसूचीमा अतिक्रमित जग्गा फिर्ताको बुँदालाई समेत समेटेपछि देशैभर फिर्ताको प्रकृया अघि बढेको छ ।  यसैक्रममा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु ले जिल्लाभित्र सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण भएको अवस्थामा सूचना दिन विज्ञप्ति जारी गरेर अनुरोध गरेको छ ।

कार्यालयद्वारा जारी सूचनामा सार्वजनिक प्रयोजनका लागि छुट्याइएका जग्गा, सडक क्षेत्र, वन क्षेत्र तथा अन्य सरकारी स्वामित्वका सम्पत्तिहरू अवैध रूपमा कब्जा गर्ने, संरचना निर्माण गर्ने वा निजी प्रयोगमा ल्याउने कार्य भएको भए जिल्ला प्रशासन कार्यालयमा सूचना दिन भनिएको हो । जग्गा अतिक्रमणका कारण स्थानीय विकास, पूर्वाधार विस्तार र सार्वजनिक सेवामा प्रत्यक्ष अवरोध सिर्जना भएको कारणले जग्गा फिर्ता ल्याउन प्रशासनले पहल थालेको हो ।  

कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र सुवेदीले सूचना जारी गर्दै कसैले सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरेको देखेमा वा त्यस्तो गतिविधिबारे जानकारी भएमा प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन भन्दै प्राप्त सूचनाका आधारमा स्थलगत अनुगमन, अनुसन्धान तथा आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइने बताउनुभएको छ । 

प्रशासनले सूचना दिने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्य राखिने प्रतिबद्धता व्यक्त गर्दै नागरिकलाई नडराई तथ्यपरक जानकारी दिन आग्रह गरेको छ । साथै, स्थानीय तह, सरोकारवाला निकाय तथा सुरक्षाकर्मीहरूसँग समन्वय गरी अतिक्रमण हटाउने र सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने अभियानलाई थप प्रभावकारी बनाइने बताइएको छ ।

जिल्लामा पछिल्लो समय सडक छेउ, खोलानाला, वन क्षेत्र तथा अन्य सार्वजनिक स्थानहरूमा अतिक्रमणका घटनाहरू बढ्दै गएको गुनासो आइरहेको अवस्थामा प्रशासनको यो पहललाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । सार्वजनिक सम्पत्तिको संरक्षणमा सबै नागरिकको समान दायित्व हुने भएकाले यस्ता गतिविधि नियन्त्रणमा सामूहिक प्रयास आवश्यक रहेको प्रशासनले जोड दिएको छ।

Previous Post

सोताङ विकासका एजेन्डा नयाँ सरकारका टेवलमा, अध्यक्ष बस्नेतको दौडधुप तीव्र

Next Post

पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट

Related Posts

खोटाङमा विवाहको चार महिनामै श्रीमती मृत फेला, श्रीमान पक्राउ

खोटाङमा विवाहको चार महिनामै श्रीमती मृत फेला, श्रीमान पक्राउ

May 26, 2026
0
थामे बाढीको जोखिम न्यूनीकरणका लागि जोरसल्लेमा तटबन्ध निर्माण

थामे बाढीको जोखिम न्यूनीकरणका लागि जोरसल्लेमा तटबन्ध निर्माण

May 26, 2026
0
विदेश पठाइदिने भन्दै रकम असुल्ने तिङ्लाका कार्की पक्राउ

विदेश पठाइदिने भन्दै रकम असुल्ने तिङ्लाका कार्की पक्राउ

May 25, 2026
0
सोलुखुम्बुमा प्रहरी–पत्रकार अन्तरक्रिया, सूचना प्रवाह र सुरक्षामा सहकार्यको जोड

सोलुखुम्बुमा प्रहरी–पत्रकार अन्तरक्रिया, सूचना प्रवाह र सुरक्षामा सहकार्यको जोड

May 25, 2026
0
Next Post
पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट

पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट

Discussion about this post

Everest Highlights

खोटाङमा विवाहको चार महिनामै श्रीमती मृत फेला, श्रीमान पक्राउ

खोटाङमा विवाहको चार महिनामै श्रीमती मृत फेला, श्रीमान पक्राउ

May 26, 2026
थामे बाढीको जोखिम न्यूनीकरणका लागि जोरसल्लेमा तटबन्ध निर्माण

थामे बाढीको जोखिम न्यूनीकरणका लागि जोरसल्लेमा तटबन्ध निर्माण

May 26, 2026
विदेश पठाइदिने भन्दै रकम असुल्ने तिङ्लाका कार्की पक्राउ

विदेश पठाइदिने भन्दै रकम असुल्ने तिङ्लाका कार्की पक्राउ

May 25, 2026
सोलुखुम्बुमा प्रहरी–पत्रकार अन्तरक्रिया, सूचना प्रवाह र सुरक्षामा सहकार्यको जोड

सोलुखुम्बुमा प्रहरी–पत्रकार अन्तरक्रिया, सूचना प्रवाह र सुरक्षामा सहकार्यको जोड

May 25, 2026
सोलुका विक्रम श्रेष्ठ लागुऔषध सहित पक्राउ

सोलुका विक्रम श्रेष्ठ लागुऔषध सहित पक्राउ

May 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा विवाहको चार महिनामै श्रीमती मृत फेला, श्रीमान पक्राउ

खोटाङमा विवाहको चार महिनामै श्रीमती मृत फेला, श्रीमान पक्राउ

May 26, 2026
थामे बाढीको जोखिम न्यूनीकरणका लागि जोरसल्लेमा तटबन्ध निर्माण

थामे बाढीको जोखिम न्यूनीकरणका लागि जोरसल्लेमा तटबन्ध निर्माण

May 26, 2026
विदेश पठाइदिने भन्दै रकम असुल्ने तिङ्लाका कार्की पक्राउ

विदेश पठाइदिने भन्दै रकम असुल्ने तिङ्लाका कार्की पक्राउ

May 25, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly