Thursday, July 16, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोताङ विकासका एजेन्डा नयाँ सरकारका टेवलमा, अध्यक्ष बस्नेतको दौडधुप तीव्र

Radio Everest by Radio Everest
April 7, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २३, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले गाउँपालिकाको समग्र विकास र सेवा प्रवाह सुदृढीकरणका लागि संघीय सरकारका उच्च तहसम्म सक्रिय पहल थाल्नुभएको छ । नवगठित सरकारका मन्त्रीहरुसँग भेट्दै उहाँले गाउँपालिकाको विकास र सेवा प्रवाहमा टेवा पुग्ने विभिन्न योजना तथा मागहरु राख्नुभएको हो ।

यसैक्रममा उहाँले स्वर्णिम वाग्ले तथा निशा मेहता सँग शिष्टाचार भेट गर्दै सोताङका महत्वपूर्ण विकास एजेन्डाहरू प्रस्तुत गर्नुभएको छ । भेटका क्रममा अध्यक्ष बस्नेतले सोताङ प्राथमिक अस्पतालको १५ शैयाको भवन निर्माणका लागि बाँकी रकम यथाशीघ्र निकासा गर्न आग्रह गर्नुभयो । साथै, अस्पतालको सेवा स्तर उकास्न इसिजी, ल्याब उपकरण, अक्सिजन सपोर्ट प्रणाली लगायत अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयसमक्ष माग राख्नुभयो ।

अध्यक्ष बस्नेतले सोताङ–महाकुलुङ हुँदै किमाथाङ्का जोड्ने रणनीतिक सडक सञ्जाल विस्तारको प्रस्ताव समेत अघि सार्नुभयो, जसले चीनसँगको व्यापारिक पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ। यसबारे अर्थमन्त्री वाग्लेले आवश्यक अध्ययन र सम्भाव्यता विश्लेषण गरिने प्रतिबद्धता जनाउनुभएको छ ।

त्यसैगरी, सोताङ बृहत् खानेपानी आयोजनाका लागि कुल लागतको रु. ३ करोड रकम एलएमविआइएस प्रणालीमा समावेश भइसकेको जानकारी दिँदै बाँकी बजेट सुनिश्चित गरी बहुवर्षीय योजनाअन्तर्गत आगामी दुई आर्थिक वर्षभित्र आयोजना सम्पन्न गर्न अध्यक्ष बस्नेतले जोडदार माग गर्नुभयो । भेटमा उहाँले नेपालको वर्तमान आर्थिक–सामाजिक अवस्था, विकासका चुनौती र समाधानका उपायबारे समेत गहन छलफल गर्नुभएको थियो। स्थानीय तह सुदृढीकरण, पूर्वाधार विकास र आधारभूत सेवाको पहुँच विस्तारका लागि संघीय सरकारको प्रभावकारी नीति र सहयोग अपरिहार्य रहेको उहाँको भनाइ छ ।

यसैबीच, अध्यक्ष बस्नेतले प्रतिभा रावल सँग पनि भेट गर्दै स्थानीय तहमा कर्मचारी व्यवस्थापनका लागि प्रभावकारी समन्वय आवश्यक रहेको धारणा राख्नुभयो। साथै, हिमाल–पहाड–तराईबीचको असमान जग्गा हदबन्दी नीतिको पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

अध्यक्ष बस्नेतले बजेट विनियोजन गर्दा सूचक मात्र होइन, स्थानीय आवश्यकता र भौगोलिक कठिनाइलाई प्राथमिकता दिनुपर्ने माग गर्दै ओखलढुंगा–सल्लेरी–नेले–सोताङ–महाकुलुङ हुँदै भोजपुर, उदयपुर र सुनसरी जोड्ने सडकलाई संघीय सडकअन्तर्गत स्तरोन्नति गर्न समेत सरकारसमक्ष कडा दबाब दिनुभएको छ । स्थानीय विकासका मुद्दा बोकेर संघीय सरकारको ढोका ढकढक्याउँदै हिँडेका अध्यक्ष बस्नेतको सक्रियता अहिले सोताङवासीका लागि आशाको किरण बनेको छ ।

Previous Post

साँघुरा घुम्तीमा ऐना राखेर दुर्घटना रोक्ने प्रयास

Next Post

सोलुखुम्बुमा सार्वजनिक जग्गा अतिक्रमण विरुद्ध प्रशासनकाे पहिलाे कदम, सूचना दिन सर्वसाधारणलाई आह्वान

Related Posts

 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे  ८५ कराेड बढीको बजेट 

 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे ८५ कराेड बढीको बजेट 

July 16, 2026
0
काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

July 16, 2026
0
आज सोलुखुम्बु सहित २३ जिल्लामा बाढीको जोखिम

सोलुखुम्बु सहित ३४ जिल्लामा आकस्मिक बाढीको जोखिम

July 16, 2026
0
३ कराेड बढीकाे लगानीमा लिखुपिकेमा बन्दै गुम्बा, अध्यक्ष बस्नेत र सचिव सिंहले गरे उद्घाटन

३ कराेड बढीकाे लगानीमा लिखुपिकेमा बन्दै गुम्बा, अध्यक्ष बस्नेत र सचिव सिंहले गरे उद्घाटन

July 15, 2026
0
Next Post
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

सोलुखुम्बुमा सार्वजनिक जग्गा अतिक्रमण विरुद्ध प्रशासनकाे पहिलाे कदम, सूचना दिन सर्वसाधारणलाई आह्वान

Discussion about this post

Everest Highlights

 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे  ८५ कराेड बढीको बजेट 

 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे ८५ कराेड बढीको बजेट 

July 16, 2026
काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

July 16, 2026
आज सोलुखुम्बु सहित २३ जिल्लामा बाढीको जोखिम

सोलुखुम्बु सहित ३४ जिल्लामा आकस्मिक बाढीको जोखिम

July 16, 2026
३ कराेड बढीकाे लगानीमा लिखुपिकेमा बन्दै गुम्बा, अध्यक्ष बस्नेत र सचिव सिंहले गरे उद्घाटन

३ कराेड बढीकाे लगानीमा लिखुपिकेमा बन्दै गुम्बा, अध्यक्ष बस्नेत र सचिव सिंहले गरे उद्घाटन

July 15, 2026
सोताङमा पहिरोबाट तीन परिवार विस्थापित

सोताङमा पहिरोबाट तीन परिवार विस्थापित

July 15, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे  ८५ कराेड बढीको बजेट 

 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे ८५ कराेड बढीको बजेट 

July 16, 2026
काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

July 16, 2026
आज सोलुखुम्बु सहित २३ जिल्लामा बाढीको जोखिम

सोलुखुम्बु सहित ३४ जिल्लामा आकस्मिक बाढीको जोखिम

July 16, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly