चैत्र २५, सोलुखुम्बु । कोशी प्रदेशका पत्रकारहरूलाई ४ दिने पर्यटन पत्रकारिता तालीम सुरु भएको छ । पर्यटन कार्यालय, धरान (कोशी प्रदेश) को सहकार्य तथा नेपाल पत्रकार महासङ्घ, कोशी प्रदेशको आयोजनामा ४ दिने पर्यटन पत्रकारिता तालिम आजबाट सुरु भएको हो । धनकुटाको पर्यटकीय नगरी नाम्जेमा सञ्चालन भइरहेको उक्त तालिमको उद्घाटन कोशी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री भीम पराजुलीको प्रमुख आतिथ्यतामा भएको छ । कार्यक्रममा धनकुटाका साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राई, पत्रकार महासङ्घका कोशी प्रदेश अध्यक्ष, निवर्तमान अध्यक्षलगायत पदाधिकारीहरूको उपस्थितिमा उद्घाटन सम्पन्न भएको छ । तालिममा कोशी प्रदेशका १४ वटै जिल्लाबाट पत्रकारहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । सहभागीमध्ये सोलुखुम्बुबाट रेडियो एभरेस्टकी पत्रकार गोमा बस्नेत र डेनिस मगरको समेत सहभागिता रहेको छ । पत्रकारिता मार्फत पर्यटनको प्रवर्द्धन गर्दै पर्यटन क्षेत्रलाई थप व्यवसायिक र सामयिक बनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ ।










Discussion about this post