Thursday, July 16, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा पूर्वाधार विकासका लागि रास्वपाको ध्यानाकर्षण

Radio Everest by Radio Everest
April 8, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २५, सोलुखुम्बु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सोलुखुम्बुले जिल्लाको समग्र विकासलाई तीव्रता दिन विभिन्न महत्वपूर्ण विषयहरू उठाउँदै जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको ध्यानाकर्षण गराएको छ ।

पार्टीले सोलुखुम्बु जिल्ला अन्य जिल्लाको तुलनामा विकासोन्मुख गतिमा रहेको उल्लेख गर्दै सडक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने जनाएको छ । हाल सल्लेरीसम्म कालोपत्रे सडक भए पनि त्यसपछिका अधिकांश क्षेत्रमा कच्ची सडककै प्रयोग गर्नुपर्ने बाध्यता रहेकोले यात्रामा असहजता, ढिलाइ र जोखिम हुने गरेको बताइएको छ ।

ध्यानाकर्षण पत्रमार्फत सल्लेरीदेखि खुम्बु पासाङल्हामु गाउँपालिका–२ सुर्के नागासारासम्म स्तरोन्नति वा कालोपत्रे सडक निर्माण यथाशीघ्र अघि बढाउन आग्रह गरिएको छ । साथै, सल्लेरीदेखि महाकुलुङ गाउँपालिकासम्म सडक कालोपत्रेको प्रक्रिया अघि बढाउन पनि जोड दिइएको छ । त्यसैगरी, सोलुदुधकुण्ड नगरपालिका–११ स्थित सिस्नेरी तिङ्लामा हरेक वर्ष पहिरोले समस्या सिर्जना गर्दै आएको उल्लेख गर्दै वैकल्पिक सडक निर्माणको पहल गर्न माग गरिएको छ।

रास्वपाले कृषि क्षेत्रतर्फ किसानलाई प्रदान गरिने अनुदान पारदर्शी र प्रभावकारी रूपमा लगानी गर्न, नियमित अनुगमन गरी तथ्यांक सार्वजनिक गर्न पनि माग गरेको छ। खानेपानीको अभाव समाधान गर्न आवश्यकताको पहिचान गरी योजना कार्यान्वयन गर्नुपर्ने विषय पनि उठाइएको छ।

शिक्षा क्षेत्रमा विद्यार्थी संख्या न्यून भएका विद्यालयहरूलाई मर्ज गर्नुपर्ने, साथै सोलुदुधकुण्ड नगरपालिका–७ गार्मामा निर्माण भए पनि हाल काठमाडौंबाट सञ्चालन भइरहेको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई सोही स्थानबाट सञ्चालनमा ल्याउनुपर्ने माग गरिएको छ। स्वास्थ्य सेवामा सुधारका लागि अस्पताल तथा स्वास्थ्य चौकीहरूलाई थप जिम्मेवार र उत्तरदायी बनाउनुपर्ने, विद्युत सेवाको विस्तार र गुणस्तर सुनिश्चित गर्नुपर्ने तथा उत्पादन अनुमति लिएर पनि काम अघि नबढाएका जलविद्युत आयोजनाहरूलाई शीघ्र सञ्चालनमा ल्याउनुपर्ने विषयमा पनि जोड दिइएको छ।

साथै, निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरूले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गरेको रकम सार्वजनिक गर्नुपर्ने माग गरिएको छ। प्राकृतिक स्रोत संरक्षणतर्फ सार्वजनिक खोलानालामा मापदण्डविपरीत भइरहेको ढुंगा, गिटी र बालुवा उत्खनन तथा दोहन तत्काल रोक्न अनुगमन र कानुनी कारबाही गर्न आग्रह गरिएको छ ।

यसका साथै सबै सरकारी कार्यालयबाट प्रदान गरिने सेवा प्रभावकारी, छिटोछरितो र पारदर्शी बनाउनुपर्ने माग पनि गरिएको छ। रास्वपा सोलुखुम्बुका सचिव तथा फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार ऋषिधन राई प्रमुख जिल्ला अधिकारी लिला कुमारी के.सी. पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाउनुभएको हो ।

पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले प्रस्तुत मागहरूलाई सकारात्मक रूपमा लिने प्रतिक्रिया दिनुभएको छ ।

Previous Post

 कोशीका पत्रकारलाई पर्यटन पत्रकारिता तालीम, साँघुरीगढीमा सुरु 

Next Post

सल्लेरीमा ह्वाइट हिल्स माविको अभिभावक दिवस तथा वार्षिक नतिजा सार्वजनिक

Related Posts

आज सोलुखुम्बु सहित २३ जिल्लामा बाढीको जोखिम

सोलुखुम्बु सहित ३४ जिल्लामा आकस्मिक बाढीको जोखिम

July 16, 2026
0
३ कराेड बढीकाे लगानीमा लिखुपिकेमा बन्दै गुम्बा, अध्यक्ष बस्नेत र सचिव सिंहले गरे उद्घाटन

३ कराेड बढीकाे लगानीमा लिखुपिकेमा बन्दै गुम्बा, अध्यक्ष बस्नेत र सचिव सिंहले गरे उद्घाटन

July 15, 2026
0
सोताङमा पहिरोबाट तीन परिवार विस्थापित

सोताङमा पहिरोबाट तीन परिवार विस्थापित

July 15, 2026
0
सरकारको नीतिले आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुन सक्ने सांसद गीता गुरुङको दाबी

सरकारको नीतिले आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुन सक्ने सांसद गीता गुरुङको दाबी

July 15, 2026
0
Next Post
 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

सल्लेरीमा ह्वाइट हिल्स माविको अभिभावक दिवस तथा वार्षिक नतिजा सार्वजनिक

Discussion about this post

Everest Highlights

आज सोलुखुम्बु सहित २३ जिल्लामा बाढीको जोखिम

सोलुखुम्बु सहित ३४ जिल्लामा आकस्मिक बाढीको जोखिम

July 16, 2026
३ कराेड बढीकाे लगानीमा लिखुपिकेमा बन्दै गुम्बा, अध्यक्ष बस्नेत र सचिव सिंहले गरे उद्घाटन

३ कराेड बढीकाे लगानीमा लिखुपिकेमा बन्दै गुम्बा, अध्यक्ष बस्नेत र सचिव सिंहले गरे उद्घाटन

July 15, 2026
सोताङमा पहिरोबाट तीन परिवार विस्थापित

सोताङमा पहिरोबाट तीन परिवार विस्थापित

July 15, 2026
सरकारको नीतिले आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुन सक्ने सांसद गीता गुरुङको दाबी

सरकारको नीतिले आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुन सक्ने सांसद गीता गुरुङको दाबी

July 15, 2026
खोटाङमा कर्तव्य ज्यान मुद्दाका दुई अभियुक्त पक्राउ

खोटाङमा कर्तव्य ज्यान मुद्दाका दुई अभियुक्त पक्राउ

July 15, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज सोलुखुम्बु सहित २३ जिल्लामा बाढीको जोखिम

सोलुखुम्बु सहित ३४ जिल्लामा आकस्मिक बाढीको जोखिम

July 16, 2026
३ कराेड बढीकाे लगानीमा लिखुपिकेमा बन्दै गुम्बा, अध्यक्ष बस्नेत र सचिव सिंहले गरे उद्घाटन

३ कराेड बढीकाे लगानीमा लिखुपिकेमा बन्दै गुम्बा, अध्यक्ष बस्नेत र सचिव सिंहले गरे उद्घाटन

July 15, 2026
सोताङमा पहिरोबाट तीन परिवार विस्थापित

सोताङमा पहिरोबाट तीन परिवार विस्थापित

July 15, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly