चैत्र २५, सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीस्थित ह्वाइट हिल्स माध्यमिक विद्यालयले वार्षिक नतिजा प्रकाशनसँगै अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको उल्लेखनीय उपस्थितिमा कार्यक्रम भव्य रूपमा आयोजना गरिएको हो । कार्यक्रमका अवसरमा विद्यार्थीहरूले नृत्य तथा विविध खेलकुद प्रस्तुति मार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । यस्ता गतिविधिले विद्यार्थीको सिर्जनात्मकता र आत्मविश्वास अभिवृद्धिमा टेवा पु¥याउने विश्वास लिइएको छ ।
विद्यालयका प्रधानाध्यापक सन्तोष शुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रम कक्षा ५ का कक्षा व्यवस्थापन समिति अध्यक्ष श्याम क्षेत्रीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो । कार्यक्रममा अभिभावक र शिक्षकबीच अन्तरक्रिया समेत गरिएको थियो, जसले शिक्षण सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । विद्यालयले आगामी दिनमा गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकता दिँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।










Discussion about this post