Sunday, October 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा: कोशीका पत्रकारलाई पत्रकार महासंघकाे ५ दिने तालिम

Radio Everest by Radio Everest
April 13, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २९, साेलुखुम्बु ।   कोशी प्रदेशमा पर्यटन प्रवर्द्धनलाई मजबुत आधार दिने उद्देश्यसहित नेपाल पत्रकार महासंघको आयोजनामा पाँचदिने उन्नत पर्यटन पत्रकारिता तालिम सफलतापूर्वक सम्पन्न भएको छ। “कोशी प्रदेशको पर्यटन प्रवर्द्धनमा हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको उक्त तालिम धनकुटाको साँगुरीगढी गाउँपालिका–६, नाम्जेस्थित एक होमस्टेमा आयोजना गरिएको थियो। कार्यक्रम कोशी प्रदेश पर्यटन वर्ष २०८२ को सन्दर्भमा विशेष महत्वका साथ सम्पन्न गरिएको हो।

चैत्र २५ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको तालिममा कोशी प्रदेशका नौ जिल्लाबाट आएका ४० जना पत्रकारहरूको उत्साहजनक सहभागिता रहेको थियो। तालिममार्फत पर्यटन क्षेत्रको पहिचान र सम्भावनाको उजागर, प्रभावकारी प्रवर्द्धन रणनीति, दमदार समाचार लेखन, डिजिटल तथा आधुनिक प्रचार–प्रसारका माध्यम र मोबाइल पत्रकारिता (MoJo) सम्बन्धी व्यावहारिक तथा सशक्त ज्ञान प्रदान गरिएको थियो।

तालिमका प्रमुख प्रशिक्षक काठमाडौं केन्द्रित पत्रकार विराट अनुपम रहनुभएको थियो। पर्यटन, कूटनीति र वातावरणका क्षेत्रमा गहिरो अनुभव बटुलेका अनुपमले अनुसन्धानमुखी, तथ्यपरक र कथा–आधारित पर्यटन पत्रकारितामा जोड दिँदै डिजिटल प्लेटफर्मको प्रभावकारी प्रयोगबारे सहभागीलाई प्रशिक्षण दिनुभयो।

यस्तै, उदयपुरका पत्रकार तथा ‘न्यानो खबर’ का सञ्चालक भिषण राईले मोबाइल पत्रकारिता (MoJo) सम्बन्धी विशेष सत्र सञ्चालन गर्दै आधुनिक पत्रकारितामा प्रविधिको उपयोगबारे व्यवहारिक सीप हस्तान्तरण गर्नुभयो।

तालिमकै क्रममा सहभागी पत्रकारहरूलाई धनकुटाका प्रमुख पर्यटकीय गन्तव्यहरूको स्थलगत अवलोकन गराइएको थियो। यसले स्थानीय पर्यटनको वास्तविक अवस्था, सम्भावना र चुनौतीबारे प्रत्यक्ष अनुभूति दिलाउँदै रिपोर्टिङलाई थप जीवन्त र यथार्थपरक बनाउने आधार तयार गरेको आयोजकको भनाइ छ।

कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले पर्यटन क्षेत्रलाई आगामी आर्थिक वर्षमा उच्च प्राथमिकतामा राखिने स्पष्ट पार्नुभयो। उहाँले पर्यटकीय गन्तव्यहरूको प्रत्यक्ष अनुगमन, पूर्वाधार विकास र स्तरोन्नतिमा प्रदेश सरकार दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेपाल पत्रकार महासंघको टोलीको समेत सक्रिय सहभागिता रहेको कार्यक्रममा महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले यस्ता तालिमले पत्रकारहरूको पेशागत दक्षता अभिवृद्धि गर्दै पर्यटन प्रवर्द्धनमा थप जिम्मेवार र प्रभावकारी भूमिका निर्वाह गर्न ऊर्जा दिने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको संयोजन महासंघ कोशी प्रदेशकी हेमा कुमारी चेम्जोङले गर्नुभएको थियो भने व्यवस्थापनमा सचिव धुब्र भट्टराईको उल्लेखनीय सक्रियता रहेको थियो। समापन समारोहमा चेम्जोङले सहभागी पत्रकारहरूलाई सिकेका सीपलाई व्यवहारमा उतार्दै उत्तरदायी र प्रभावशाली पत्रकारितामार्फत पर्यटन क्षेत्रको विकासमा योगदान दिन आह्वान गर्नुभयो।

कार्यक्रममा सहभागी पत्रकारहरूले तालिमलाई अत्यन्त उपयोगी र समयानुकूल ठहर गर्दै पर्यटन पत्रकारितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। समग्रमा, उक्त तालिमले कोशी प्रदेशको पर्यटन प्रवर्द्धनमा पत्रकारहरूको भूमिका अझ सशक्त, प्रभावकारी र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ।

Previous Post

 एसइई सम्पन्न, नम्बर अङ्कन पनि सम्पन्न, नतिजाका लागी उत्तरपुस्तिका काठमाण्डौ लगिँदै

Next Post

संखुवासभामा दुर्घटना: सेनाको सक्रियताले घाइतेको समयमै उद्धार

Related Posts

बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

October 11, 2026
0
‘म धर्मगुरु होइन, झाँक्री गुरु मात्र हुँ’ : प्रकाश भुजेल

‘म धर्मगुरु होइन, झाँक्री गुरु मात्र हुँ’ : प्रकाश भुजेल

October 11, 2026
0
भोटेकोशी बाढीपीडित सोलुखुम्बुका १४ परिवारलाई सात लाख रुपैयाँ सहयोग प्रदान

भोटेकोशी बाढीपीडित सोलुखुम्बुका १४ परिवारलाई सात लाख रुपैयाँ सहयोग प्रदान

October 11, 2026
0
बूढीगण्डकीमा आकस्मिक बाढी, जगत क्षेत्रमा घर बगायो

बूढीगण्डकीमा आकस्मिक बाढी, जगत क्षेत्रमा घर बगायो

October 11, 2026
0
Next Post
संखुवासभामा दुर्घटना: सेनाको सक्रियताले घाइतेको समयमै उद्धार

संखुवासभामा दुर्घटना: सेनाको सक्रियताले घाइतेको समयमै उद्धार

Discussion about this post

Everest Highlights

बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

October 11, 2026
‘म धर्मगुरु होइन, झाँक्री गुरु मात्र हुँ’ : प्रकाश भुजेल

‘म धर्मगुरु होइन, झाँक्री गुरु मात्र हुँ’ : प्रकाश भुजेल

October 11, 2026
भोटेकोशी बाढीपीडित सोलुखुम्बुका १४ परिवारलाई सात लाख रुपैयाँ सहयोग प्रदान

भोटेकोशी बाढीपीडित सोलुखुम्बुका १४ परिवारलाई सात लाख रुपैयाँ सहयोग प्रदान

October 11, 2026
बूढीगण्डकीमा आकस्मिक बाढी, जगत क्षेत्रमा घर बगायो

बूढीगण्डकीमा आकस्मिक बाढी, जगत क्षेत्रमा घर बगायो

October 11, 2026
नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना

नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना

October 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

October 11, 2026
‘म धर्मगुरु होइन, झाँक्री गुरु मात्र हुँ’ : प्रकाश भुजेल

‘म धर्मगुरु होइन, झाँक्री गुरु मात्र हुँ’ : प्रकाश भुजेल

October 11, 2026
भोटेकोशी बाढीपीडित सोलुखुम्बुका १४ परिवारलाई सात लाख रुपैयाँ सहयोग प्रदान

भोटेकोशी बाढीपीडित सोलुखुम्बुका १४ परिवारलाई सात लाख रुपैयाँ सहयोग प्रदान

October 11, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly