चैत्र ३०, सोलुखुम्बु । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बासिन्दाले वन क्षेत्रमा जथाभावी घाँस तथा दाउरा सङ्कलन गर्ने क्रममा लालीगुराँसका रूख तथा बिरुवामा क्षति पु¥याएपछि लोप हुने अवस्थामा पुगेको भन्दै गाउँपालिकाले संरक्षण अभियान सुरु गरेको हो ।
लालीगुराँसको संरक्षणमा गम्भीर समस्या उत्पन्न भई यसको अस्तित्व जोखिममा पर्ने अवस्था देखिएपछि संरक्षण अभियान सुरु गरिएको गाउँपालिकाका अध्यक्ष अरुणदेवी राईले जानकारी दिनुभयो । उहाँका अनुसार लालीगुराँसका हाँगा भाँच्ने, फूल टिप्ने तथा गुराँसका बिरुवालाई हानी पुग्ने खालका गतिविधि नगर्न÷नगराउन गाउँपालिकावासीलाई सूचित गरिएको छ ।











Discussion about this post