बैशाख २२, सोलुखुम्बु । स्वास्थ्य चौकी तामाखानीको भवन शिलान्यास गरिएको छ । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ३ तामाखानीमा निर्माण हुने उक्त भवनको आज मङ्गलबार नगरप्रमुख नाम्गेल जाङबु शेर्पाले उद्घाटन गर्नुभएको हो । हाल पुरानो वडा कार्यालय भवनबाटै सेवा प्रवाह गरिरहेको स्वास्थ्य चौकीले चाँडै नयाँ भवन प्राप्त गर्ने भएपछि यस क्षेत्रको स्वास्थ्य सेवामा नयाँ खुड्कीला बन्ने विश्वास लिइएको छ ।
शिलान्यास गर्दै मेयर शेर्पाले नगरपालिका नागरिकको स्वास्थ्य सेवा प्रति सँधै संवेदनशिल बनेर काम गरिरहेको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रको विकासका लागी नगरपालिका आफै र विभिन्न दातृ निकायहरूसँगको साझेदारीमा काम गरिरहेकाले निराश हुनुपर्ने अवस्था नरहेको पनि बताउनुभएको थियो ।
गत फागुन २७ मा सम्झौता गरि ऋद्धि सिद्धि निर्माण कम्पनीले निर्माणको जिम्मा लिएको स्वास्थ्य चौकीको भवन यही आर्थिक वर्षको श्रावण महिना भित्र निर्माण गरिसक्नुपर्ने छ । भवन निर्माणका लागी सोलुदुधकुण्ड नगरपालिकाको १ करोड १९ लाख २८ हजार ९ सय ३९ रुपैयाँ खर्च हुने वडा अध्यक्ष ल्हाक्पा गेलु शेर्पाले बताउनुभयो ।











Discussion about this post