बैशाख २३, सोलुखुम्बु । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा सोलुखुम्बुबाट कैलाश के.सी. नियुक्त भएका छन्। बुधबार नेपाली कांग्रेसका उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) अनुसार के.सी.सहित ३९ जनालाई सदस्यमा नियुक्त गरेका हुन्।
नियुक्त हुनेमा विभिन्न जिल्ला तथा क्षेत्रका व्यक्तिहरू समेटिएका छन्। सूचीअनुसार मधु आचार्य (काभ्रेपलाञ्चोक), डा. गोपाल दहित थारू (वर्दिया), अञ्जु झा (रौतहट), उमेश श्रेष्ठ (ललितपुर), प्रा.डा. गोविन्दराज पोखरेल (प्यूठान), मीन भाम (मुगु), डा. अञ्जनीकुमार झा (महोत्तरी), डा. यादव पण्डित (प्रवास), बद्री सिग्देल (वर्दिया), गोपालप्रसाद पोखरेल (सुनसरी), श्रवण मुकारुङ (भोजपुर), मोहना अन्सारी (बाँके), महेन्द्रप्रसाद यादव (सप्तरी), श्रीप्रसाद भलामी मगर (गुल्मी), विनोद दास (बारा), इ. दिपेश विष्ट (काठमाडौं), डा. कृष्णप्रसाद पौडेल (कास्की), प्रकाश लामिछाने (सुर्खेत), सूर्यमाराज राई (मोरङ), मनबहादुर थापा (चितवन), विमला राई (खोटाङ), राकेश सिंह (पर्सा), नरेन्द्र पासवान (रौतहट), दक्ष पौडेल (काठमाडौं), कञ्चन झा (पर्सा), सुमित शर्मा ‘समीर’ (धनुषा), खगेन्द्र आचार्य (काठमाडौं), डा. डी.बी. सुनार (अछाम), रोशनी गिरी (काठमाडौं), जनक चटौत (डडेल्धुरा), डोलराज भुसाल (स्याङ्जा), अमृत ज्ञवाली (गुल्मी), एलिजा ढकाल (तनहुँ), प्रकृति भट्टराई (काठमाडौं), स्वीकृति पौडेल (काठमाडौं), उमंग लोहनी (चितवन), गोकुल लिम्बू (ताप्लेजुङ) र प्रमेश खनाल (काठमाडौं) रहेका छन्।पार्टीले नीति निर्माण, अनुसन्धान र प्रशिक्षण कार्यलाई थप सुदृढ बनाउन विभिन्न क्षेत्रका प्रतिनिधित्व हुने गरी सदस्यहरू नियुक्त गरेको जनाएको छ।










Discussion about this post