बैशाख २७, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर ३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बु को आयोजनामा एक दिवसीय निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुका सूचना अधिकारी केशव ढुंगाना का अनुसार शिविरबाट महिला १४३ जना र पुरुष ८७ जना गरी जम्मा २३० जना सेवाग्राही लाभान्वित भएका छन् । शिविरमा विभिन्न रोग सम्बन्धी स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि वितरण सेवा प्रदान गरिएको थियो ।
साथै प्रयोगशाला सेवातर्फ ६३ जना सेवाग्राहीले सेवा लिएका सूचना अधिकारी ढुंगानाले जानकारी दिनुभयो । ग्रामीण क्षेत्रमा आयुर्वेद स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ । स्थानीयवासीले निःशुल्क स्वास्थ्य सेवा पाएपछि खुसी व्यक्त गरेका छन् ।










Discussion about this post