बैशाख २८, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा आयोजीत कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सवको तेश्रो दिन आज पनि जारी छ । गत २६ गतेबाट सुरु भएको कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव २८ गते सोमबार सम्म चल्ने छ । महोत्सवको दोश्रो दिनको समापन सम्म करिव ६ हजार दर्शकहरुले महोत्सवको प्रत्यक्ष अवलोकन गरेका छन् ।
पहिलो दिनको उद्घाटन सत्र सोलुखुम्बुबाट निर्वाचीत सांसद प्रतिनिधीसभा सदस्य प्रकाशसिंह कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । महोत्सवको पहिलो दिन राष्ट्रिय खतीप्राप्त कलाकारहरुले दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । हाँस्य कलाकार सुवोध गौतमले पहिलो दिनको प्रस्तुति दिएका थिए भने अन्य स्थानीय तथा ख्यातीप्राप्त कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए ।
यस्तै दोश्रो दिन आइतबार कलाकार राजेशपायल राईले दर्शकहरुलाई झुमाएका थिए । उनले आफ्ना सांगीतिक प्रस्तुतिहरु मार्फत नेचा तताए । राजेशपायल राईसँगै गायीका रचना रिमा, ललीत राई, रोशन राई, हाँस्य कलाकार कैलास कार्की, बाल कलाकारहरुले आफ्नो प्रस्तुति मार्फत महोत्सवलाई खास बनाएका थिए ।
नेचासल्यान उद्योग वाणिज्य संघका आयोजना तथा नेचासल्यान गाउँपालिका सहित दातृ सरकारी तथा अन्य निकायहरुको सहयोगमा आयोजित ३ दिने महोत्सवले गाउँपालिकाको व्यापार, कृषि तथा पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने उदेश्य राखिएको संघका अध्यक्ष हेम भट्टराईले बताउनुभयो । उहाँले महोत्सव मार्फत गाउँपालिकाका पर्यटकीय स्थलहरुलाई विश्वमाझ चिनाउने प्रयत्न भएको दावी गर्नुभयो ।











Discussion about this post