बैशाख २८, नेचा । गत बैशाख २६ गतेबाट आयोजना भएको नेचासल्यान कृषि पर्यटन तथा सांस्कृतिक महोत्सवका अवसरमा २० भन्दा बढी कृषि स्टलहरु स्थापना गरिएको छ । स्थानीय रैथाने सामाग्रहिरुको प्रवद्र्धन तथा व्यवसायीकरण गर्ने उदेश्य सहित आयोजना गरिएको महोत्सवमा नेचासल्यान सहित आसपासका पालिकाहरुबाट कृषकहरुले स्टल लिएका आएका छन् ।
स्टलमा रैथाने उत्पादनहरुलाई प्राथमिकतामा राखिएको छ । स्टलमा कृषकहहरुले स्थानीय उत्पादन लोकल चामल, लस्सी, तरकारीबाली, खाँडीका उत्पादन, फलामका हतियार लगायत राखेका छन् । प्रविधीको विकासका साथै काम गर्ने जनशक्तीको अभावमा उत्पादनमा कमी आउदा लोपोन्मुख बनेका सामाग्रहिरुलाई समेत स्टलमा राखिएको थियो । कृषि उद्यमीहरुले आफैँले उत्पादन गरेका सामाग्रहिरुका साथै अन्यत्र उत्पादन गरिएका तर नियमित प्रयोगमा आउने घरायसी सामाग्रहिरु समेत यहाँ स्टलमा राखेर प्रदर्शनी गरिरहेका छन् ।











Discussion about this post