बैशाख २८, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका–१ नेले जोगरामा निर्माण गरिएको शिव मन्दिरको प्राण प्रतिष्ठा तथा समुद्घाटन सम्पन्न भएको छ । स्थानीय जोगरा बासीहरूको श्रमदान तथा विभिन्न सहयोगी व्यक्तिहरूको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको उक्त मन्दिर बैशाख २७ गते विधिवत रूपमा उद्घाटन गरिएको हो ।
मन्दिरमा पण्डितद्वारा विशेष पूजा–पाठ तथा प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न गरिएपछि पूजा–आराधना तथा दर्शन गर्न सुरु गरिएको स्थानीयले बताएका छन् । स्थानीय समाजसेवी जीवन बस्नेतले धार्मिक आस्था राख्ने सम्पूर्ण श्रद्धालुहरूलाई मन्दिरमा आएर भगवान् शिवको दर्शन गरी पुण्य लाभ लिन आग्रह गर्नुभएको छ ।
उहाँले स्थानीय समुदायको एकता, श्रमदान र सहयोगबाट मन्दिर निर्माण सम्पन्न हुनु गाउँकै गौरवको विषय भएको बताउनुभयो । नवनिर्मित शिव मन्दिरले धार्मिक तथा सांस्कृतिक गतिविधिलाई थप टेवा पु¥याउने विश्वास स्थानीयवासीले लिएका छन् ।










Discussion about this post