Sunday, October 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्डमा पोषणमैत्री स्थानीय शासनबारे एक दिने अभिमुखीकरण

Radio Everest by Radio Everest
May 11, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख २८, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा पोषणमैत्री स्थानीय शासनको अवधारणा तथा कार्यान्वयनका चरणहरूबारे एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। पोषणलाई स्थानीय शासन प्रणालीमा कसरी एकीकृत गर्न सकिन्छ भन्ने विषयमा स्पष्ट मार्गदर्शन प्रदान गर्ने उद्देश्यले प्रक्रियागत कार्यान्वयन, अवलम्बन तथा घोषणा प्रक्रिया सम्बन्धी नगरपालिका स्तरीय नीतिगत अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

नगरपालिकाद्वारा आयोजित कार्यक्रममा पोषण फोकल पर्सन सुवास तामाङ र पोषण विज्ञ पुरुशोतम आर्यलले सहजीकरण गर्नुभएको थियो । उहाँहरूले पोषणमैत्री स्थानीय शासनको अवधारणा, यसको कार्यान्वयनका चरणहरू तथा स्थानीय तहमा अपनाउनुपर्ने नीतिगत र प्रक्रियागत उपायहरूबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले २०८७ सालभित्र पोषणमैत्री नगरपालिका घोषणा गर्ने लक्ष्यसहित नगरपालिका दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसैगरी उपमेयर गान्धिमाया तामाङले पोषणमैत्री कार्यक्रमले आफूहरूलाई थप हौसला प्रदान गरेको बताउँदै यो व्यक्तिगत नभई समुदाय केन्द्रित कार्यक्रम भएको उल्लेख गर्नुभयो ।

यस्तै वडा नम्बर १ का वडा अध्यक्ष छोङ्बा शेर्पाले अभिमुखीकरण कार्यक्रमले आफूहरूलाई अझ सशक्त बनाएको प्रतिक्रिया दिनुभयो ।

कार्यक्रमबाट सोलुदुधकुण्ड नगरपालिकालाई पोषणमैत्री वडा हुँदै पोषणमैत्री नगरपालिका घोषणा गर्ने प्रतिबद्धता जनाइएको छ । साथै पोषणमैत्री स्थानीय तह घोषणा प्रक्रियाका लागि नगरपालिकाको आन्तरिक स्रोतबाट बजेट विनियोजन गर्ने, पोषणमार्ग चित्र निर्माण गरी प्रकाशन गर्ने तथा राष्ट्रिय योजना आयोगसँग विशेष अनुदान माग गर्ने निर्णयसमेत पारित गरिएको छ ।

सबैको साझा प्रयासबाट २०८७ सालसम्म पोषणमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने प्रतिबद्धता पनि कार्यक्रममा व्यक्त गरिएको थियो । कार्यक्रममा वडा नम्बर १, ३ र ४ का वडा अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा, जनस्वास्थ्य निरीक्षक चमर बहादुर मगर लगायत नगरपालिका विभिन्न शाखाका कर्मचारी तथा स्वास्थ्य क्षेत्रमा आबद्ध प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Previous Post

नेले जोगरामा शिव मन्दिर निर्माण सम्पन्न, प्राण प्रतिष्ठासहित उद्घाटन

Next Post

जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको सामाजिक परीक्षण सम्पन्न 

Related Posts

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
0
सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026
0
नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

October 3, 2026
0
ऐसेलुखर्कका विद्यालयमा इन्टरनेट पुगेपछि शिक्षक–विद्यार्थीलाई सहज

Discussion about this post

Everest Highlights

चाडपर्व नजिकिँदै जाँदा सिद्धिचरण राजमार्गका तीन स्थानमा यात्रु सहायता कक्ष

चाडपर्व नजिकिँदै जाँदा सिद्धिचरण राजमार्गका तीन स्थानमा यात्रु सहायता कक्ष

October 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026
नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

October 3, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly