वैशाख १९ , साेलुखुम्बु । नेपाली सेनाले नयाँ सैन्य पदका लागि भर्ना खुला गरेको छ । देश सेवा गर्ने इच्छाशक्ति भएका योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको नेपाली सेनाले जनाएको छ ।
वैशाख १९ , साेलुखुम्बु । नेपाली सेनाले नयाँ सैन्य पदका लागि भर्ना खुला गरेको छ । देश सेवा गर्ने इच्छाशक्ति भएका योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको नेपाली सेनाले जनाएको छ ।
यसअन्तर्गत ओखलढुंगास्थित श्री दुर्गाबक्स गण, ओखलढुंगा ब्यारेक मा समेत आवेदन संकलन गरिनेछ । इच्छुक युवायुवतीहरूले निर्धारित समयभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् ।
नेपाली सेनाका अनुसार दरखास्त दिने मिति २०८३ साल वैशाख १८ गतेदेखि जेठ १६ गतेसम्म तोकिएको छ । साथै, दोब्बर दस्तुर तिरेर जेठ १७ गतेदेखि जेठ २३ गतेसम्म पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

भर्नासम्बन्धी थप जानकारीका लागि ०३७–५९०२०० तथा ०३७–५२०५७६ नम्बरमा सम्पर्क गर्न सकिनेछ ।
नेपाली सेनाले अनुशासन, राष्ट्रप्रेम र सेवाभाव बोकेका युवाहरूलाई समयमै तयारी गरी आवेदन दिन आग्रह गरेको छ । साथै, विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइटमार्फत http://www.nepalarmy.mil.np पनि जानकारी लिन सकिने जनाएको छ ।
© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.
© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.
Discussion about this post