बैशाख ३०, सोलुखुम्बु । मध्यमिक शिक्षा परिक्षा एसइईमा उच्च जिपिए ल्याउँदै तिङ्लाकी निसा कार्की सोलुदुधकुण्ड प्रथम बनेकी छन् । भर्खरै प्रकाशित नतिजा अनुसार ३ दशमलव ९० जिपिए प्राप्त गर्दै सोलुदुधकुण्ड नगरपालिका प्रथम बनेकी हुन । सिंहकाली माध्यमिक विद्यालय तिङ्लाबाट एसइई दिएकी छात्रा कार्की नगरपालिका भरिका ३ सय ९१ विद्यार्थी मध्ये नगर प्रथम बनिन भने उनको विद्यालयले पनि शतप्रतिशत नतिजा प्राप्त गरेको छ । विद्यालयले यो सहित २ पटक नगर प्रथमको रेकर्ड बनाइसकेको छ । नगरपालिकामा १४ वटा माध्यमिक विद्यालय छन् । यस विद्यालयबाट ४३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।











Discussion about this post