जेठ ८, सोलुखुम्बु । विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने ओखलढुङ्गाका एक सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले विभिन्न समयमा बेरोजगार युवा युवतीहरूलाई विदेश पठाइदिन्छु भन्दै पैसा कुम्ल्याएर विदेश नपठाउनेलाई नियन्त्रणमा लिएको हो ।
ठगी गर्नेहरुमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नम्बर ४ का सन गुरुङ सहित अन्य २ जना छन् । उनिहरुलाई उपत्यका प्रहरीले काठमाण्डौका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा झापाका ३७ वर्षीय सागर गौतम, दाङका सम्भु गौतम, र ओखलढुङ्गाका सनग गुरुङ छन् । झापाका गौतमले युएइ पठाइदिन्छु भनी विभिन्न व्यक्तीहरुबाट ४ लाख ५८ हजार असुलेका थिए ।
यस्तै दाङका अर्का गौतमले न्युजिल्याण्ड पठाइदिने भन्दै १५ लाख ९० हजार र ओखलढुङ्गाका सनमले क्यानडा पठाइदिने भन्दै २४ लाख रकम ठगी गरेका थिए । उनिहरुलाइ प्रहरीको अनुसन्धान टोलीले गत बैशाख २८ र २९ गते पक्राउ गरिसकेको छ ।










Discussion about this post