जेठ ८, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रको ङिम दोर्जी शेर्पा पर्यटन सडकअन्तर्गत सुर्के–पाखेपानी खण्डको स्तरोन्नती कार्य सुरु भएको छ। सडक निर्माण कार्यलाई व्यवस्थित, प्रभावकारी तथा शीघ्र रूपमा सम्पन्न गर्न गाउँपालिकाले सल्लेरीदेखि सुर्केसम्म सञ्चालन हुने सवारी साधनका लागि नयाँ आवतजावत समयतालिका निर्धारण गरेको जनाएको छ।
गाउँपालिकाका अनुसार यात्रुवाहक सवारी साधनले बिहान ७ बजेअघि, बिहान ११ बजेदेखि १२ बजेसम्म, दिउँसो ३ बजेदेखि ३ः३० बजेसम्म तथा बेलुका ५ः३० बजेदेखि ७ बजेसम्म मात्रै आवतजावत गर्न पाउनेछन्। त्यसैगरी मालवाहक सवारी साधनका लागि बिहान ७ बजेअघि र बेलुका ६ बजेपछि मात्रै सञ्चालन अनुमति दिइएको गाउँपालिकाले जनाएको छ।
सडक स्तरोन्नती कार्यका कारण केही समय यात्रु तथा स्थानीयवासीलाई असुविधा हुन सक्ने भए पनि दीर्घकालीन रूपमा सडक सुधारले पर्यटन तथा स्थानीय यातायातमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। गाउँपालिकाले निर्धारण गरिएको समयतालिका पालना गरी निर्माण कार्यमा सहयोग गर्न सर्वसाधारण तथा सवारी चालकलाई आग्रह गरेको छ।











Discussion about this post