जेठ ८, सोलुखुम्बु । सोलुखुम्बुको उच्च हिमाली क्षेत्र खुम्जुङमा आयोजना हुने सगरमाथा म्याराथनमा सहभागी हुन आएका एक अमेरिकी नागरिक बिरामी परेपछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको छ । खुम्जुङ स्थित एक होटलमा बसिरहेका करिब ४० वर्षीय अमेरिकी नागरिक अलेक्जेन्डर राइटलाई बिहीबार दिउँसो अचानक “लेक लाग्ने” समस्या देखिए पछी उनकाmे उद्धार गरि अस्पताल लगीएको हो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार सगरमाथा क्षेत्रको उच्च भूभागमा आयोजना हुने म्याराथनमा सहभागी हुन आएका उनी अस्वस्थ भएपछि प्रहरी चौकी खुम्जुङबाट प्रहरी सहायक निरीक्षक सुरेन्द्रप्रसाद ढुङ्गानाको नेतृत्वमा टोली खटिएको थियो । स्थानीय बासिन्दाको सहयोगमा उनलाई उद्धार गरी खुन्दे अस्पताल पु¥याइएको प्रहरीले जनाएको छ ।
अस्पतालमा उनको उपचार भइरहेको छ भने अवस्था सामान्य रहेको र बोल्न सक्ने अवस्थामा रहेको जानकारी दिइएको छ । सगरमाथा क्षेत्रजस्ता उच्च हिमाली भूभागमा अक्सिजनको मात्रा कम हुने भएकाले बाहिरबाट आउने पर्यटक तथा पदयात्रीमा “अल्टिच्युड सिकनेस” अर्थात् लेक लाग्ने समस्या देखिने चिकित्सकहरू बताउँछन्।











Discussion about this post