जेठ ९, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङ्लामा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी परेका छन्। बिरामी हुनेमा गंगा बहादुर बस्नेत, उनकी श्रीमती पशुपति बस्नेत तथा छोराछोरी सञ्जिव र सजिना बस्नेत रहेका छन्। स्थानीय राजन बस्नेतका अनुसार शुक्रबार साँझ करिब ७ बजे खानासँग जंगलमा पाइने उतिसको रुखमा उम्रिएको च्याउ खाएपछि उनीहरूलाई समस्या देखिएको हो।
च्याउ खाएको करिब एक घण्टापछि चारै जनामा वान्ता, बेहोस हुने लगायतका लक्षण देखिएपछि तत्काल उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको थियो। अस्पतालमा उनीहरूको उपचार भइरहेको जनाइएको छ। हाल तीन जनाको अवस्था सुधारोन्मुख रहे पनि छोरी सजिनाको होस अझै नआएको स्थानीयले बताएका छन्। चिकित्सकहरूले जंगली च्याउ पहिचान बिना सेवन नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।










Discussion about this post