Thursday, September 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

तेस्रो पटक सगरमाथा शिखरमा सेन्साई पेमा वाइबा : हिमाल, कला र संघर्षको अद्वितीय यात्रा

गोमा बस्नेत

Radio Everest by Radio Everest
May 24, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १०, सोलुखुम्बु ।  नेपाली हिमाल आरोही, फिल्ममेकर तथा हिमाली कथाकार सेन्साई पेमा वाइबाले विश्वको सर्वोच्च शिखर सगरमाथाको तेस्रो सफल आरोहण गरेका छन् । उनले जेठ ९ गते बिहान ७ बजेर ४२ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेर नयाँ उपलब्धि हासिल गरेका हुन् ।

सिन्धुपाल्चोकको दुर्गम भोटाङ गाउँमा जन्मिएका वाइबा पछिल्लो समय हिमाल, चलचित्र र दृश्य कथामार्फत हिमाली जीवनलाई विश्वसामु चिनाउने युवा व्यक्तित्वका रूपमा चिनिएका छन् । उनले आफ्नो तेस्रो सगरमाथा आरोहणलाई केवल शिखर चुम्ने यात्रामात्र नभई संघर्ष, त्याग, धैर्य, कृतज्ञता र आत्मविश्वासको प्रतीक भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै वाइबाले सगरमाथा, मनास्लु र शिशापाङ्मा जस्ता ८ हजार मिटरभन्दा अग्ला हिमालहरूले आफूलाई शक्ति, विनम्रता र जीवनका गहिरा पाठ सिकाएको उल्लेख गरेका छन् । “हरेक सफल आरोहणको पछाडि मौन संघर्ष, खराब मौसम, जोखिमपूर्ण यात्रा, प्रार्थना र टिमको साथ हुन्छ,” उनले उल्लेख गरेका छन् ।

वाइबाले आफ्नो सफलताका लागि ‘इम्याजिन नेपाल’ टोली तथा चर्चित पर्वतारोही मिङ्मा जी शेर्पाप्रति विशेष आभार व्यक्त गरेका छन् । उनका अनुसार मिङ्मा जीको नेतृत्व, विश्वास र सहयोगबिना यो यात्रा सम्भव हुने थिएन । मिङ्मा जी शेर्पा नेपालका चर्चित उच्च हिमाली गाइड तथा ‘इम्याजिन नेपाल’का संस्थापक हुन् । उनले सन् २०२१ मा नेपाली टोलीसँगै के–टुको पहिलो हिउँदे आरोहणसहित विभिन्न अन्तर्राष्ट्रिय कीर्तिमानी अभियानको नेतृत्व गरिसकेका छन् ।

पर्वतारोहणसँगै सेन्साई पेमा वाइबा फिल्म निर्माण, फोटोग्राफी तथा ड्रोन सिनेमाटोग्राफीमा पनि सक्रिय छन् । उनले ४ सयभन्दा बढी म्युजिक भिडियो, डकुमेन्ट्री तथा नेपाली चलचित्रमा काम गरिसकेका छन् । ‘श्यालगर’, ‘सेम्की टाम’, ‘बेह्युल’ र ‘पिपलु छायाँ’ उनका चर्चित सिर्जनामध्ये पर्दछन् ।

सन् २०२२ देखि औपचारिक रूपमा पर्वतारोहणमा सक्रिय वाइबाले यसअघि सगरमाथा दुई पटक, मनास्लु र शिशापाङ्मा हिमाल सफल आरोहण गरिसकेका छन् । उनी अक्सिजनसहित उच्च हिमाली अभियानमा सक्रिय रहँदै आएका छन् ।

वाइबा काठमाडौं लायन्स क्लबका बोर्ड सदस्यसमेत हुन् । सामाजिक सेवा, युवा प्रेरणा र हिमाली संस्कृतिको संरक्षणमा पनि उनी सक्रिय रूपमा संलग्न छन् ।

हिमाललाई केवल साहसिक गन्तव्य नभई संस्कृति, पहिचान र आध्यात्मिकताको प्रतीकका रूपमा प्रस्तुत गर्दै आएका वाइबा नयाँ पुस्ताका हिमाली कथाकारका रूपमा स्थापित हुँदै गएका छन् ।

Previous Post

स्पाइनल इन्जुरी पीडित राउतको उपचारमा समाजसेवीको साथ, तरुण दलमार्फत २५ हजार सहयोग

Next Post

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्ति र परिवारलाई ५ दिने सुँगुरपालन तालिम

Related Posts

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
Next Post
माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्ति र परिवारलाई ५ दिने सुँगुरपालन तालिम

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्ति र परिवारलाई ५ दिने सुँगुरपालन तालिम

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly