असार ९, सोलुखुम्बु । उदयपुरको चौदण्डीगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ३७ करोड ९ लाख ५ हजार २१२ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। अघिल्ला वर्षहरूको तुलनामा बजेटको आकार उल्लेख्य रूपमा वृद्धि गर्दै नगरपालिकाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पर्यटन तथा रोजगारमूलक कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाएको छ ।
नगरसभामा प्रस्तुत बजेटले स्थानीय आर्थिक गतिविधि विस्तार, कृषि उत्पादन वृद्धि, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रवाह, सडक तथा भौतिक पूर्वाधार निर्माणलाई मुख्य लक्ष्य बनाएको छ । नगरपालिकाले दिगो विकास, सुशासन र नागरिकमैत्री सेवा प्रवाहलाई समेत प्राथमिकतामा राख्दै बजेट कार्यान्वयनमा प्रभावकारिता ल्याउने प्रतिबद्धता जनाएको छ ।
नगरवासीको अपेक्षा अनुसार यो बजेटले चौदण्डीगढीलाई आर्थिक, सामाजिक र भौतिक विकासको नयाँ उचाइमा पु¥याउने विश्वास गरिएको छ। स्थानीय तहको विकासमा महत्वपूर्ण मानिएको यस बजेटले रोजगारी सिर्जना, उत्पादन वृद्धि र नागरिकको जीवनस्तर सुधारमा टेवा पुग्ने अपेक्षा गरिएको छ। “समृद्ध चौदण्डीगढी निर्माणको आधार ः १ अर्ब ३७ करोडको विकासमुखी बजेट” भन्ने नारासहित नगरपालिकाले आगामी वर्षलाई विकास र परिणाममुखी कार्यान्वयनको वर्ष बनाउने लक्ष्य लिएको छ ।











Discussion about this post