सबिना राई, असार १०, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५० करोड ६२ लाख २१ हजार ४ सय ५६ रुपैयाँको बजेट विनियोजन गरेको छ । गाउँपालिकाको १९औँ गाउँसभामा उपाध्यक्ष विना राईले प्रस्तुत गर्नुभएको बजेट अनुसार चालु खर्चतर्फ ३६ करोड ९६ लाख ९२ हजार ५६ रुपैयाँ तथा पुँजीगत खर्चतर्फ १३ करोड ५६ लाख २९ हजार ४ सय रुपैयाँ विनियोजन गरिएको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि स्थानीय पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, रोजगार प्रवद्र्धन तथा सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकतामा राख्दै बजेट तथा कार्यक्रम तर्जुमा गरेको जनाएको छ । गाउँपालिका अध्यक्ष तथा गाउँसभा अध्यक्ष धनजन राईको अध्यक्षतामा सम्पन्न गाउँसभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ ।
गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागितामा सम्पन्न गाउँसभामा आगामी वर्षको विकास तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको थियो । पारित बजेटले स्थानीय विकासलाई तीव्रता दिनुका साथै नागरिकलाई आधारभूत सेवा सहज र प्रभावकारी रूपमा उपलब्ध गराउने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।











Discussion about this post