सबिना राई, असार १०, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४९ करोड ३९ लाख ४७ हजार ७ सय ९० रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधबार गाउँपालिकाका अध्यक्ष बुद्धि किरण राईले गाउँसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित उक्त बजेट प्रस्तुत गर्नुभएको हो।
प्रस्तुत बजेटले पूर्वाधार, आर्थिक तथा सामाजिक विकासलाई प्राथमिकतामा राख्दै समग्र गाउँपालिकाको विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ। बजेटअनुसार पूर्वाधार विकास क्षेत्रका लागि ९ करोड ६८ लाख २५ हजार रुपैयाँ विनियोजन गरिएको छ। यस्तै आर्थिक विकास क्षेत्रतर्फ ३ करोड ९७ लाख २४ हजार रुपैयाँ तथा सामाजिक विकास क्षेत्रका लागि ५ करोड ४१ लाख ६५ हजार रुपैयाँ छुट्याइएको छ।
त्यसैगरी वडा तहका कार्यक्रम सञ्चालनका लागि १ करोड ७५ लाख रुपैयाँ बजेट सिलिङ निर्धारण गरिएको छ भने दायित्व भुक्तानीका लागि ४ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ। गाउँपालिका तथा वडा प्रशासनिक खर्चका लागि ४ करोड ९६ लाख १५ हजार रुपैयाँ बजेट व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ।











Discussion about this post