Sunday, August 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

Radio Everest by Radio Everest
June 24, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु, असार १० । सोलुखुम्बुको सोताङ गाउँपालिकाको सत्रौं गाउँसभा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष खिलाराज बस्नेतको अध्यक्षतामा सम्पन्न सभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ४० करोड ८४ लाख ३७ हजार १२८ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो ।

सभामा प्रस्तुत नीति तथा कार्यक्रमअनुसार शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन र सामाजिक सशक्तिकरणलाई प्राथमिकतामा राखिएको छ। प्रविधिमैत्री शिक्षालाई निरन्तरता दिँदै “एक शिक्षक एक ल्यापटप” कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरिएको छ। स्वास्थ्य सेवामा गुणस्तर वृद्धि गर्दै सुविधा सम्पन्न सेवा विस्तार गर्ने योजना सार्वजनिक गरिएको छ। यसअन्तर्गत इन्डोस्कोपी, कोलोनोस्कोपी, भेन्टिलेटर लगायतका थप स्वास्थ्य सेवाहरू विस्तार गरिने बताइएको छ। साथै स्वास्थ्य सेवामा सहज पहुँच र सहुलियत प्रदान गर्ने नीति लिइएको छ। प्रविधिको उपयोगलाई बढाउँदै सेवा प्रवाहलाई सहज बनाउन “सजिलो एप” निर्माण गर्ने र रोजगारीमा पहुँच विस्तारका लागि समेत एप विकास गर्ने योजना समेटिएको छ।

कृषि क्षेत्रतर्फ “कृषकको व्यावसायिक हात जनप्रतिनिधिको साथ” अभियानअन्तर्गत एक वडा एक प्रदर्शन प्लट स्थापना गरिनेछ। साथै बिउ वितरण, कृषि मेला, कृषक पाठशाला, रैथाने बाली बिउ बैंक स्थापना तथा जैविक मल कार्यक्रम सञ्चालन गरिनेछ। पशुपालन क्षेत्रमा कृत्रिम गर्भाधान कार्यक्रम, खोप तथा औषधि सेवा निरन्तर सञ्चालन गर्ने योजना पनि समेटिएको छ।

पूर्वाधार विकासतर्फ सडक कालोपत्रे, ट्र्याक खोल्ने तथा स्तरोन्नति, खानेपानी सेवा विस्तार, खेलग्राम तथा स्टेडियम निर्माणजस्ता योजनालाई प्राथमिकता दिइएको छ। पर्यटन प्रवद्र्धनका लागि धार्मिक तथा सांस्कृतिक स्थलहरूको विकास, भुमेस्थान, तोष्खाम, देवाली मन्दिर, चर्च र गुम्बा संरक्षण तथा निर्माण गर्ने नीति लिइएको छ।

महिला सशक्तिकरण, बालबालिका, अपांगता भएका व्यक्ति तथा ज्येष्ठ नागरिक लक्षित क्षमता विकास तथा सचेतना कार्यक्रम सञ्चालन गरिनेछ। बजार क्षेत्रमा ओपन जिम निर्माण, खेलकुद गतिविधि विस्तार तथा सहभागिता प्रोत्साहन गर्ने योजना पनि समावेश गरिएको छ। त्यसैगरी सुम्निमा–पारुहाङ तथा शिव–पार्वती पार्क निर्माणमार्फत धार्मिक पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ। गाउँपालिकाले नीति तथा कार्यक्रम र विस्तृत बजेट विवरण केही दिनभित्र आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिने जनाएको छ।

Previous Post

खुम्बु पासाङल्हामु गाउँपालिकाको १ अर्ब २५ करोडको बजेट सार्वजनिक

Next Post

ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

Related Posts

सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

August 23, 2026
0
आज र भोलि भारी वर्षाको चेतावनी, पहाड र तराईमा सतर्क रहन आग्रह

पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 23, 2026
0
दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

August 22, 2026
0
सोलुखुम्बुका उत्पादनको निर्यात प्रवर्धनमा प्रदेश सरकारको चासो

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा भालुको आतंक : मकैबाली सखाप, गाउँले रातभर जाग्राम

सोलुखुम्बुमा भालुको आतंक : मकैबाली सखाप, गाउँले रातभर जाग्राम

August 21, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

August 23, 2026
आज र भोलि भारी वर्षाको चेतावनी, पहाड र तराईमा सतर्क रहन आग्रह

पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 23, 2026
दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

August 22, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly