सोलुखुम्बु, असार ११ । सोलुखुम्बुको लिखुपिके गाउँपालिका को १७औँ गाउँ सभा बुधबार सम्पन्न भएको छ। गाउँ सभामा गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी, गाउँपालिका उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ३६ करोड ८२ लाख ७० हजार ६ सय ८३ रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्नुभएको छ।
गाउँ सभामा प्रस्तुत बजेटले गाउँपालिकाको समग्र विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा सामाजिक क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको जनाइएको छ। बजेटमार्फत स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै नागरिकको जीवनस्तर उकास्ने लक्ष्य लिइएको गाउँपालिकाले जनाएको छ। गाउँ सभामा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो।
प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गरी आवश्यक सुझावसमेत संकलन गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले आगामी आर्थिक वर्षमा विकास निर्माणका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सुशासन, पारदर्शिता र जनमुखी सेवाप्रवाहलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।










Discussion about this post