सबिना राई, सोलुखुम्बु, असार ११ । जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्ष पदमा अर्जुन बहादुर रोका मनोनित हुनुभएको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–२ निवासी रोकालाई कोशी प्रदेश सरकार अन्तर्गतको प्रदेश खेलकुद विकास बोर्ड, विराटनगरले उक्त जिम्मेवारी प्रदान गरेको हो।
प्रदेश खेलकुद विकास बोर्डको असार १० गते बसेको बैठकको निर्णयअनुसार रोकालाई जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्ष पदमा नियुक्त गरिएको बोर्डले जनाएको छ। प्रदेश खेलकुद ऐन, २०७६ को दफा १६ उपदफा (२) को (क) बमोजिम उहाँको मनोनयन गरिएको हो।
बोर्डका अनुसार नवनियुक्त अध्यक्ष रोकाको पदावधि प्रदेश खेलकुद ऐन, २०७६ को दफा १७ मा व्यवस्था भएअनुसार रहनेछ। नियुक्तिसँगै जिल्लाको खेलकुद क्षेत्रको विकास, खेल पूर्वाधार विस्तार तथा खेल गतिविधिको प्रभावकारी सञ्चालनमा उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषद्वारा हस्ताक्षरित नियुक्तिपत्रमार्फत रोकालाई अध्यक्ष पदमा मनोनयन गरिएको जानकारी दिइएको छ।












Discussion about this post